back
CTIZAN AD

प्रत्यक्षतर्फ दुई प्रदेशको मतपत्र छपाइ सकियो

वि.सं.२०७९ कात्तिक १ मंगलवार

846 

shares

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यी दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित हालसम्म यस प्रणालीतर्फ प्रतिनिधिसभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।

यस पटक पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र छपाइ गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेश सभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइ वितरण शुरु भइसकेको छ । हालसम्म बागमती, मधेश र प्रदेश–१ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी शुरु हुने छ ।

वि.सं.२०७९ कात्तिक १ मंगलवार १३:२९ मा प्रकाशित

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...