back

युएईमा कार्यरत पाल्पालीहरुद्धारा ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार

246 

shares
NTC AD
Global IME AD

रामपुर । काम र दामको खोजीमा वैदेशिक रोजगारीमा रहेका पाल्पाका युवाले शैक्षिक क्षेत्रमा लगानी गरेका छन् ।

गरिब, विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यले युवाको सहयोगमा पाल्पाका सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

वैदेशिक रोजगारीका लागि युएई गएका पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज युएईले जिल्लाका ६२ सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । आधारभूत तह र प्राथमिक तहमा सञ्चालित विद्यालयमा रु २५ हजारका दरले अक्षयकोष स्थापना गरिएको पाल्पाली युएई समाजका अध्यक्ष ओमकुमारी खाँणले बताए ।

विदेशमा रहेर पनि नेपाल र नेपालीको मानव तथा भौतिक एवं सामाजिक विकासमा सहयोग गर्दै आएको समाजको वार्षिक कार्यक्रमअन्तर्गत नै अभियानको रुपमा रहेको पाल्पाली समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । नेपाली समाजका महासचिव एवं पाल्पाली समाजका पूर्वअध्यक्ष बेदप्रसाद अर्यालले आफू युएईमा रहँदा सुरु गरेको अभियानले अहिलेसम्म निरन्तरता पाएको बताए ।

“रोजगारका निम्ति अर्काको देशमा जानुपर्दा नेपालीले अनेकौँ दुःखकष्ट भोग्नुपरेको छ, हामीले पाएको दुःख अबका हाम्रा सन्ततिले भोग्न नपरोस”, उनले भने, “कोही पनि बालबालिका सामान्य शैक्षिक सामग्री, पोसाक अभावमा विद्यालय जानबाट वञ्चित हुनु नपरोस् भन्नका लागि यो अभियान सुरु गरेका हौँ ।”

सन् २०१४ मा तदर्थ समिति गठनपछि स्थापना भएको समाजले पाल्पाका ‘एक गाविस एक विद्यालय अक्षयकोष’ अभियानअन्तर्गत तत्कालीन ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना कार्यक्रम सुरुआत गरिएको थियो । झण्डै छ वर्षअघि पहिलोपटक तत्कालीन सिलुवा गाविसको तामाखानीमा रहेको अकला प्राथमिक विद्यालयबाट अभियान सुरु गरिएको हो ।

अभियानअन्तर्गत यस आर्थिक वर्षमा रामपुर नगरपालिका–३ बोटेगाउँस्थित नवदुर्गा प्राथमिक विद्यालय ६१ औँ र रामपुर–१० स्थित कुम्भ प्राथमिक विद्यालयमा ६२ औँ विद्यालयका रुपमा अक्षयकोष स्थापना भएको पाल्पाली समाज युएईका पाल्पा कार्यक्रम संयोजक सीता डोटेलले जानकारी दिइन् । उनका अनुसार हालसम्म समाजले रु १६ लाख ५० हजार रकम बराबरको अक्षयकोष स्थापना गर्ने कार्यक्रमअनुसार नै विभिन्न विद्यालयमा अक्षयकोष स्थापना अभियान अगाडि बढाइएको छ ।

रामपुरका नगर प्रमुख रमणबहादुर थापाले कमाउन गएका पाल्पालीले शिक्षा र बालबालिकालाई सम्झेर सहयोग गर्नु उदाहरणीय रहेको बताए । नवदुर्गा प्राथमिक विद्यालयका प्रध्यानाध्यापक विष्णुप्रसाद पाठकले सीमान्तकृत समुदायका बालबालिका अध्ययनरत विद्यालयमा नेपाल बाहिर रहेका पाल्पालीको ध्यानाकर्षण भई अक्षयकोष स्थापना गर्नुभएकामा धन्यवाद दिँदै अक्षयकोषलाई मर्मअनुसार सञ्चालन गर्ने बताए ।

 

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...