back
CTIZAN AD

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

वि.सं.२०७९ कात्तिक १० बिहीवार

657 

shares

दमौली । तनहुँमै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको छ ।

जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिकभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिनुभयो । उनल भने, “मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ्चालनमा ल्याएका छौँ । जुन परेवाडाँडाबाट चिन्तुटारसम्म पुग्ने व्यवस्था गरिएको छ ।” उहाँका अनुसार ९० फिट हाइटमा एक सय मिटरको स्काइ रोप साइक्लिङको परीक्षण कार्य भइरहेको छ ।

जिपलाइनका लागि रु एक हजार पाँच सय र स्काइ रोप साइक्लिङ (दुईतर्फी)का लागि रु एक हजार शुल्क तोकिएको छ । रिसोर्टले जिपलाइन र स्काइ रोप साइक्लिङका लागि मात्र रु एक करोड २५ लाख बजेट छुट्याएको सापकोटाले बताए ।

रिसोर्ट दमौलीबाट पाँच किलोमिटर उत्तर परेवाडाँडामा अवस्थित छ । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टको हाल चार रोपनीमा संरचना बनेका छन् । यस्तै आगामी दुई वर्षमा लक्जरी रुम, स्विमिङ पुल, चिल्ड्रेन फनपार्कलगायत संरचनासमेत थप्ने योजना रहेको सापकोटाले बताए । यसबाहेक रिसोर्टमा जाइन्ट स्विङसमेत सञ्चालनमा रहेको छ । उक्त स्विङ दुई वर्ष अगाडिदेखि नै सञ्चालनमा रहेको छ । उनका अनुसार ९० केजीसम्मका व्यक्तिले स्विङ खेल्न सक्छन् ।

नयाँ साहसिक पूर्वाधार थप भएपछि यहाँ पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ । दमौली बजारबाट बागभञ्ज्याङ, बैरेनी, दुम्सी हुँदै परेवाडाँडा पुग्न सकिन्छ । लमजुङको मध्यनेपाल, भोर्लेटार, भोटेओडारलगायत ठाउँ जाने मार्ग पनि यही हो ।

यसले गर्दा पनि यो ठाउँमा पर्यटकको चहलपहल हुने विश्वास गरिएको सापकोटाले बताउनुभयो । यही ठाउँमा परेवाको मूर्ति निर्माण गरिएको छ । उक्त ठाउँमा बिदा र शनिबारको दिन आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न आउने गरेका छन् ।

 

वि.सं.२०७९ कात्तिक १० बिहीवार १७:४८ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...