back
CTIZAN AD

बालगोपालेश्वर मन्दिरमा सामूहिक भाइटीका लगाइयो

वि.सं.२०७९ कात्तिक १० बिहीवार

738 

shares

काठमाडौँ । तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर मन्दिर दर्शन गर्नुका साथै टीका लगाउँछन् । भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने प्रवक्ता मानन्धरले बताए ।

यसैबीच, काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डप मन्दिरमा पनि आज भाइटीका लगाइएको छ । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाइ सामूहिक भाइटीका लगाइदिएकी हुन् । उनले हरेक वर्षजस्तै यस वर्ष पनि टीका लगाउन इच्छुक दाजुभाइलाई विधिपूर्वक भाइटीका लगाइ दिइन् । अञ्जली दिदीले कुनैपनि दाजुभाईको निधार खाली नहोस् भन्ने उद्देश्यले आफूले सामूहिक टीका लगाउने गरेको जानकारी दिइन् । अञ्जली दिदीले विस २०५५ देखि सामूहिक भाइटीका लगाउदै आएकी छन् ।

वि.सं.२०७९ कात्तिक १० बिहीवार १८:१६ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...