back

भक्तपुरमा कृषि मेला तथा प्रदर्शनी हुने

वि.सं.२०७३ चैत १८ शुक्रवार

720 

shares

१८ चैत, भक्तपुर । भक्तपुरलगायत उपत्यकाका किसानलाई एउटै ठाउँबाट सेवा पु¥याउने उद्देश्यले जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ ।

बिहीबार यहाँ संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १९ र २० गते हुने मेलाबारे जानकारी दिँदै संस्थाका अध्यक्ष उत्तम सापकोटाले किसानलाई कृषि उत्पादन, मल, प्रविधि, रोग, माटो परीक्षण लगायतका बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताउनुभयो ।

साठिऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गर्न लागेको मेलामा संस्थासँग आबद्ध किसान, व्यावसायिक कृषि फार्म, अगुवा किसान, कृषि कम्पनीबाट उत्पादित कृषि उपज, कृषि प्रविधि, कृषि औजार, कृषि ऋण, कृषि बिमा, कृषिसम्बन्धी परामर्श, च्याउ तथा आलुका परिकारसहितका ४५ भन्दा बढी स्टल मेलामा राखिने उहाँले जानकारी दिनुभयो ।

मेलाका संयोजक शनिस लागेजुले आगामी शनिबार र आइतबार सञ्चालन हुने मेलामा सहकारीकर्मी, किसान, व्यापारी, व्यवसायी र सर्वसाधारण गरी करिब ३५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

मेलाका लागि करिब रु एक लाख ६० हजार खर्च अनुमान गरिएको जानकारी दिँदै उहाँले मेला कृषिबारे जान्न चाहने जो कोहीका लागि उपलब्धिमूलक हुने बताउनुभयो ।

वि.सं.२०७३ चैत १८ शुक्रवार ०३:१४ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...