back
CTIZAN AD

कर्णालीमा लोकप्रिय बन्दै भोसो

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार

678 

shares

दैलेख । भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा खेल्ने चलन छ ।

सदरमुकाम नजिकैको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसो अहिले पनि खेल्ने गरिन्छ । दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायमै छ । भोसो भिन्न–भिन्न नामले परिचित छ । भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भन्ने गरेको पाइन्छ । आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै (हुबहु) मान्दै आएको पाइन्छ । वर्ष दिनको एकपटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई ‘एकदिने खेल’ पनि भन्ने चलन छ ।

यो मुलतः पुरुषप्रधान खेल हो । नारीहरूका लागि रत्यौलीजस्तै भोसो हो । भोसोमा व्यक्त गरिने शब्द सुरुआतकालदेखि नै प्रचलनमा रहेको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताउछन् । भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ । भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ । भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ । पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षहरूमा भने छोट्याइएको छ ।

यसरी हुन्छ भोसोकोे सुरुआत

गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ । गाउँका भोसी खेल्ने भुआराहरू जम्मा भएर भोसीको सुरुआत गर्दछन् । भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो)को जोहो गरिएको हुन्छ । दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ । जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन् ।

लक्ष्मी पूजाको बिहानीपख भोसो सेलाउने चलन हुन्छ । अथवा भोसो समापन गर्ने चलन हुन्छ । नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ । नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको झण्डै दुई किलोमिटर टाढा रहेको भुवाखाडामा यो सेलाउने परम्परा छ । धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसो, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउँछ ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिङ्गी डाली खेल्ने, भैली खेल्ले गरिन्छ । त्यसपछि भोसोको समापन हुन्छ । भोसोको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा छ । यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान छ । विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, माङ्गल गाउने चलन छ । तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएकाप्रति अगुवाहरू चिन्तित छन् ।

भोसो संस्कृतिलाई जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरू बताउँछन् । वर्ष दिनमा एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउछीन् । “पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ”, उनले भने ।रासस

 

 

वि.सं.२०७९ कात्तिक ११ शुक्रवार ०८:४४ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...