काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
झण्डै २ सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत दाहाललाई १५ दिनको अस्पताल बसाइपछि स्वास्थ्यलाभ गरेर आज डिस्चार्ज गरिएको छोरी गंगा दाहालले बताएकी छन् ।
‘आज १५ दिनको हस्पिटल बसाईपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशीर्वादले ममिको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरि घर ल्याईएको छ । संपुर्ण शुभेच्छुकहरुमा आभार सहित धेरै धेरै धन्यवाद ।’गंगा दाहालले भनेकी छन् ।
वि.सं.२०७९ कात्तिक १४ सोमवार १४:०५ मा प्रकाशित






























