back
CTIZAN AD

श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलो पटक सामान्य कमी

वि.सं.२०७९ कात्तिक १५ मंगलवार

615 

shares

कोलम्बो । सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलो पटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ ।

दुई करोड २० लाख जनसङ्ख्या भएको यस टापु राष्ट्रले महिनौँदेखि चरम आर्थिक कठिनाइको सामना गर्नुपरेको छ र खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ ।

जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कअनुसार अक्टोबरको मुद्रास्फीति सेप्टेम्बरको ६९.८ प्रतिशतको तुलनामा करिब चार प्रतिशत अङ्कले कम हो ।

श्रीलङ्कामा सेप्टेम्बरमा लगातार १२औँ महिना ९४.९ प्रतिशत रहेको खाद्य मुद्रास्फीति अक्टोबरमा घटेर ८५.६ प्रतिशतमा झरेको छ ।

विभागले मुद्रास्फीतिमा मन्दीका कारण भने खुलाएको छैन, तर अधिकारीहरूले अक्टोबरमा दुई पटक इन्धनको मूल्य घटाएका थिए र मूल्यमा २० प्रतिशतले कटौती गरेका थिए ।

यद्यपि, पेट्रोलको मूल्य गत वर्षको अन्त्यमा सङ्कट सुरु हुनुअघिको तुलनामा दोब्बर छ, जबकि सामान्यतया सार्वजनिक यातायातका लागि प्रयोग हुने डिजेलको मूल्य अझै साढे तीन गुणा बढी छ ।

खाद्यान्न र इन्धन दुवैको मूल्य वृद्धिका कारण मागमा कमी आएको छ भने पेट्रोल, डिजेल तथा खाना पकाउने ग्यासको लाम हालैका हप्ताहरूमा ह्वात्तै घटेको छ ।

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएको छ, जुन श्रीलङ्काको केन्द्रीय बैंकले अनुमान गरेको ८.७ प्रतिशत सङ्कुचनभन्दा बढी हो । (रासस/सिन्ह्वा)

 

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०९:४० मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...