
स्विटजरल्याण्डको पुरानो सस्था नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस)को सातौ एकताको अधिबेशन मार्च २६ मा स्विटजरल्याण्डको राजधानी बर्नमा सम्पन्न भएको छ । सभाले संस्थाको स्थापित नाम परिबर्तन गरि नेपाली जनप्रतिशील मंच स्विटजरल्याण्ड तय गर्दै नयां कार्यसमिति चयन गरेको छ ।
अधिबेशनबाट श्याम घले अध्यक्ष पदमा निर्बिरोध चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा दर्शन आचार्य, महासचिबमा कमल केसी, सचिब युवराज फुयाल, कोषाध्यक्षमा सिता ओझा फुयाल् चुनिनु भएको छ । सदस्यहरुमा अच्युत फुयाल, कुमारि गुरुङ, लक्क्ष्य गुरुङ, लेख बहादुर बिश्वकर्मा, सन्जु बिडारी, धिरज प्रधान, फुटुङटुङ लामा र शम्भु गौतम सर्बसम्मतिले चयन भएका छन् भने २ सदस्य पछि थप गरिने बताइएको छ ।
मंचका अध्यक्ष अच्युतप्रसाद फुयालको सभापतित्वमा सम्पन्न उक्त अधिबेसनको प्रमुख अतिथिमा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुसाल रहनु भएको थियो भने अतिथिहरुमा नेकपा माओबादी केन्द्रका अधिबेसन आयोजक समिति सदस्य तथा युबा नेता दिपेश पुन, संयुक्त नेपाली मोर्चा युरोपका महासचिब डा कृष्ण अर्याल, संयुक्त नेपाली मोर्चा युरोपका सचिबालय सदस्य एवं जनप्रगतिशील मंच डेनमार्कका सस्थापक अध्यक्ष उदयराज गौतम, स्थानीय क्वार्तियर कमिसन बेर्न बुमप्लिज र बेथेनह्यामका प्रमुख बेर्नार्दो अल्बेसेठी हुनुहुन्थ्यो ।
नेपालबाट आउनुभएका कलाकारहरु बरिस्ठ संगीतकार तथा गायक चेतन सापकोटा,लोक तथा जनबादी गायक नबिन खड्का लगाएत युरोपका विभिन्न देशका मंच र मोर्चाका अध्यक्षहरु, जनसम्पर्क समिति स्विटजरल्याण्ड, प्रबासी नेपाली मंच (ओएनएफ) स्विटजरल्याण्ड, गैह्र आबासिय नेपाली संघ स्विटजरल्याण्ड लगायत स्विटजरल्याण्डका विभिन्न संघ संस्थाका प्रतिनिधि, स्विटजरल्याण्डका अनलाइन मिडियाहरु स्विसनेपाल डट कम र नेपाल स्विस डट कमका प्रतिनिधि, स्विटजरल्याण्डका लागि नेपाली पर्यटन दुतहरु कमल भट्ट र तेन्जिंग शेर्पा, एन आर एन पुर्ब अध्यक्ष धर्म गुरुङ लगायतलाइ यथास्थानमा आसन ग्रहण गराइएको थियो । कार्यक्रमको संचालन मंचका महासचिब कमल केसीले गर्नुभएको थियो ।
स्वागत मन्तब्य मंचका संस्थापक सदस्य युबराज फुयालले गरका थिय । स्वागत मन्तब्य राख्दै उहाले नेसोफ स्विस स्विटजरल्याण्डको सबैभन्दा जेठो संस्था भएको र यो संस्थाले सधै स्विटजरल्याण्डका नेपाली समाजलाई मध्यनजर गर्दै कार्य गर्ने गरेको र भबिस्यमा पनि सबै संघसंस्थासंग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।