Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकी भ्वाइसकी परिजिता जिताउ अभियानमा जोडिन आव्हान



विजय थापा । अमेरिकी द भ्वाइसकी परिजिता बास्तोलाको अर्को प्रस्तुति हुनु अघि टिम (टोली)परिजितासँग जोडिन सबैमा आह्वान गरिएको छ ।

द भ्वाइसकी १७ बर्षिय परिजिता बास्तोलाको अर्को प्रस्तुति आगामी नोभेम्बर १४ का दिन हुने भएकोले द्रुत गतिमा अभियानलाई सशक्त रुपमा बिश्वब्यापी विस्तार गर्न टिम परिजिता नामक टोलीले टिम परिजितासँग जोडिन आव्हान गरेको छ ।

आधिकारिक रुपमा परिजिता टोलीको घोषणा गर्ने लक्ष्य सहित व्यापक रुपमा प्रचार र प्रसार गर्न अमेरिकाकै ५० वटै राज्यहरुका सबैवर्गलाई समेट्दै टोली निर्माण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।

टिम परिजिता जिताउ अभियानमा बिधार्थी, साहित्यकार ,चलचित्रकर्मी , नायक, अभिनेत्री, गायक, गायिका, कलाकार, व्यवसायी, बिभिन्न पेशामा संलग्न व्यक्तित्वहरु, घर खरिद बिक्रि अभिकर्ता, उद्योगी, गृहणी, रोजगारदाता, पत्रकार लगायत जो कोही पनि यस अभियानमा जोडिन सक्ने छन् ।

साथै आ–आफ्नो टोल, गाउँ, शहर, राज्य, क्षेत्रमा स्वस्र्फूत रुपमा परिजिता बिजयी अभियान बनाउन सकिने हुनाले सबैमा स्वयम सेवक रुपमा संलग्न हुन् सबैमा अपिल गरिएको छ ।

परिजिता एसिया र दक्षिण एसियाली राष्ट्रबाट समेतको प्रतिनिधित्व गर्ने एक मात्र प्रतियोगी भएकोले उनलाई अन्य राष्ट्रहरुबाट पनि मत प्राप्त हुने सम्भावना रहेको छ ।

उनी द भ्वाइसमा प्रवेश गर्न पाउने प्रथम नेपाली अमेरिकी हुन् भने उनले सबै नेपालीको प्रतिनिधत्व गरेर अगाडि बढेकी छन् ।

परिजिता अमेरिकामा जन्मेकीले उनका बिदेशी र बिद्यालयका अनगिन्ती साथीभाईहरु पनि रहेका छन् । मेरिल्याण्डको प्रतिष्ठा र गरिमा भएकोले नोभेम्बर १४ पछि उनको पक्षमा सशक्त रुपमा समर्थन आउने प्रवल सम्भावना रहेको छ । साथै उनको स्वर नै अमेरिकीहरुले समेत मन पराएकोले उनि अझ माथि पुग्ने कुरामा सबैले विश्वास लिएका छन् ।

परिजितालाई जिताउन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास),नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा), संचार माध्यममा ईनेप्लिज लगायत थुप्रै स्थानीय सामाजिक संघ.संस्थाहरु सहित राष्ट्रिय तथा अन्तरराष्ट्रिय संगठनहरु पनि यसमा जोडिएका छन् भने जोडीने क्रम जारी रहेको छ ।

परिजिता अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्याण्ड राज्यको युवा सदस्य समेत रहेको हुँदा करिव ७० वटा राष्ट्रहरुमा फैलिएको आफ्ना संजालहरु मार्फत नेपाल लगायत बिश्वभरि छरिएर रहेका कलाकारहरुलाई समेत यो परिजिता टिम(टोली)संग जोडिएर परिजिता अभियानमा विभिन्न कार्यक्रमहरु मार्फत ‘परिजिता जिताउ’ अभियानलाई अगाडी बढाई सकिएको जानकारी मेरिल्याण्ड राज्य समिति इनासका अध्यक्ष सृजन ताम्राकार बताउँछन् ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल(इन्जा)का अध्यक्ष गुणराज लुइँटेलले परिजिता टिमसंग जोडएकोमा गर्व गर्दै होनहार र प्रतिभावान परिजितालाई जिताउन नेपाल लगायत बिश्वका ५ वटा महादेश फैलिएको इन्जाले हर प्रकारको सहयोग र समर्थन जुटाउने बताएका छन् ।

उनि द भ्वाइसको २२ औ संस्करणमा छनौट भएपछि अहिलेसम्म आफ्ना प्रतिस्प्रधिहरुलाई पहिलो र दोश्रो चरणमा प्रस्तुतिमा हराई आफ्नो अहिले सम्मको यात्रा सुरक्षित राख्न सफल भएकी छन् ।

अर्थात् नोभेम्बर १४ का दिन प्रस्तुति समापन हुनासाथ मतदान प्रक्रिया सुरु हुनेछ र नोभेम्बर १५ का दिन केवल १३ जना मात्र प्रतिस्प्रर्धामा रहने छन् ।

अमेरिकी द भ्वाइसको तेश्रो चरणमा प्रवेश गरिन् नेपाली चेली परिजिता

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको