back

गायक प्रकाश दूतराजद्वारा आत्महत्या प्रयास !

वि.सं.२०७९ कात्तिक २१ सोमवार

588 

shares
NTC AD
Global IME AD

काठमाडाैं । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार आइतबार मध्यरातमा आत्महत्याकाे प्रयास गरेका हुन् ।

दुतराज गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एक फ्ल्याटमा राखेकाे थियाे । बताइएअनुसार सोही फ्ल्याटको कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन्र ।

आयोजक निकट एकले बताएअनुसार उनको कोठाको ढोका खुल्लै भएकाे र झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनकाे उद्धार भएकाे थियाे । दूतराजले आत्महत्या प्रयास गर्नुको कारण भने खुलेकाे छैन ।

पछिल्लाे समय दूतराजका जाम भो माइली, घर कता हो बैनीको, चोली मैलै भो, मन भुल्छलगायत गीत चर्चित छन् । केही दिनअघि रिलिज भएको उनको गीत ‘देउरालीमा’ पनि निकै मनपराइएकाे छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १७:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...