
काठमाडौं । आफुले आत्महत्याको प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दुतराजले यसको खण्डन गरेका छन् ।
सांगितीक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका दुतराजले आफु बसेको होटलको कोठामा आत्महत्याको प्रयास गरेको समाचार सोमबार आएपछि उनले सोमबार राति सामाजिक संजालमा स्टाटस लेखेर त्यसको खण्डन गरेका छन् ।
दुतराजले भनेका छन्– धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउँनु म मर्नु हैन नि !’
यस्तो लेखेका छन् दुतराजले
कहिले काहि हराई दिन्छु, यसै यसै . .
कहिले हरियाली पाखा पखेरि, उकाली –ओराली चौतारी अनि देउरालीहरु सँगै ..
कहि उजाड बगर, मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन् ..
कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु ..
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन ।
यसलाई रोग भनु या मेरो विशेषता ।
यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु ।
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे ।
‘म केहि छिन हराउँनु म मर्नु हैन नि !
बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो, सानो दुःखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई ..
माया गर्नेहरु को आशुले सराप्छ ।
कसरी मार्न सक्थे र यो शरीरलाई ।
गलत बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।
संधै संधै तपाईहरुकै मनभित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार, प्रकाश दुतराज ।