Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

चर्चामा काठमाडौं–४ : गगन थापा भर्सेस राजन भट्टराई, कसले मार्ला बाजी ?



काठमाडौं । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये यसपटक पनि क्षेत्र नं.–४ को चर्चा सबैभन्दा बढी भइरहेको छ । निर्वाचन जितेपछि प्रधानमन्त्रीको दाबी गर्ने तयारीमा रहेका कांग्रेसका महामन्त्री गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकै निकटस्थ नेता राजन भट्टराई प्रतिस्पर्धामा रहेको कारण पनि काठमाडौं–४ चर्चा र चासोको क्षेत्र बनेको हो ।

थापा कांग्रेसको भावी नेतृत्वको रुपमा हेरिएका पात्र हुन् भने भट्टराई एमालेको पार्टी नेतृत्वको सबैभन्दा सहयोगी पात्र हुन् । विष्णु रिमाल, गोकुल बाँस्कोेटासहित भट्टराईलाई एमालेको मुख्य योजनाकारको रुपमा पनि चिनिन्छ ।

विद्यार्थी राजनीति गरेकै समयमा गणतन्त्रको नारा लगाएर चम्केका थापाले काठमाडौं–४ बाट यसअघि पनि लगातार दुईवटा चुनाव जितिसकेका छन् । ०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रबाट थापा निकै बलियो मतान्तरसहित विजयी भएका थिए । तत्कालिन समय उनको मुख्य प्रतिस्पर्धी एमालेका निर्मल कुइँकेल थिए ।

२०७४ सालको चुनावमा पनि थापाले बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका भट्टराईलाई हराएका थिए । थापाले २१ हजार ५ सय ५८ मत पाएर विजयी हुँदा प्रतिद्वन्द्वी भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए । थापा र भट्टराईबीचको यो प्रतिस्पर्धा दोस्रो हो । निरन्तर दुई चुनाव जितेका थापा र दोस्रो पटक प्रतिस्पर्धी बन्दै गरेका भट्टराईबीचको आगामी प्रतिस्पर्धा कस्तो होला ? सबैलाई चासोको विषय बनेको छ ।

कसको अवस्था के ?

चुनावमा जित र हारको विषय केलाउँदै गर्दा मुख्य तीन कुरालाई मुख्य ध्यान दिन आवश्यक देखिन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचन, हालै वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन र मतदातामा उम्मेदवारको व्यक्तिगत क्रेज । २०७४ को स्थानीय चुनावमा एमाले बलियो हुँदा हुँदै र बाम गठबन्धन हुँदा हुँदै पनि थापाले चुनाव जितेका थिए । उनले त्यसयता सांसदको भूमिकामा पनि आफ्नो क्षेत्रमा धेरै काम गरेका छन् । जसका कारण पनि आफ्नो क्षेत्रमा उनी थप स्थापित छन् ।

स्थानीय तहको मत

काठमाडौं ४ नम्बर क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिकाका ४ वडा (१, ७, ८ र ३०) र बुढानीलकण्ठ नगरपालिकाका ८ वडा (१, २, ८, ९, १०, ११, १२ र १३) पर्छन् । काठमाडौं महानगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ४ वटा वडामध्ये कांग्रेसले ३ र एमालेले एक वडामा जित हासिल गरेको छ । यी ४ वटा वडामा कांग्रेसले पाएको कुल मत ७ हजार ८३ छ भने एमालेले पाएको मत ५ हजार ९२ थियो ।

त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने सबै ८ वटा वडै एमालेले जितेको छ । यी ८ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा कुल ११ हजार ४०५ मत ल्याएको छ भने कांग्रेसले ८ हजार ६८० मत ल्याएको छ ।

स्थानीय तहको नतिजालाई केलाउँदा काठमाडौं–४ मा एमाले अन्य दलभन्दा बलियो छ । स्थानीय चुनावमा एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, नेकपा एसले २ हजार ४१४, राप्रपाले २ हजार २९३ र माओवादीले ८ सय ४४ मत पाएका थिए । तर, चुनावमा दलहरु गठबन्धन बनाएर प्रतिस्पर्धामा गएको कारण सत्ता गठबन्धन केही बलियो देखिन्छ ।

थापाको व्यक्तिगत क्रेज दमदार

गगन थापा आन्दोलनबाट उदाएका नेता हुन् । कांग्रेसभित्र मात्रै नभई थापाको लोकप्रियता बाहिर पनि उस्तै छ । युवा पुस्तामा थापाको क्रेज निकै राम्रो मानिन्छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट अत्याधिक मतसहित महामन्त्रीमा विजयी थापा कांग्रेसभित्र र बाहिर पनि भावी कांग्रेस सभापति र प्रधानमन्त्रीको रुपमा हेरिएका पात्र हुन् । चुनाव उठ्दै गर्दा उनले प्रधानमन्त्रीमा दाबी गर्ने पनि बताएका थिए । उनले मतदाताको बीचमा पनि यही एजेण्डालाई उठाएका छन् ।

कांग्रेस प्रतिपक्षीमा हुँदा मुख्य नेता जस्तो देखिने उनी कांग्रेस सत्ताको नेतृत्वमा रहीरहँदा पनि प्रत्येक मन्त्रीलाई योजना तथा सुझाब दिनेमा पर्दछन् । उनको यो शैलीलाई नै धेरैले रुचाएका छन् ।

यता, राजन भट्टराई एमालेको विदेश विभाग प्रमुख हुन् । उनी एमालेको योजनाकार टिमका सदस्य पनि हुन् । तत्कालिन समय प्रधानमन्त्रीको पदमा हुँदा अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्नेमा उनको भूमिका निकै थियो । परराष्ट्र विज्ञको परिचय बनाएका भट्टराई लोकप्रियताको हिसाबले भने थापाभन्दा निकै कमजोर देखिन्छन् । एमालेभित्र मात्रै अध्यक्ष ओलीको निकटस्थ भएको कारण स्थापित भएपनि उनको बाहिरि क्रेज कमजोर छ ।

न भट्टराईलाई आगामी एमालेको नेतृत्वको रुपमा हेरिएको छ न त भावी प्रधानमन्त्रीको रुपमा । उनले चुनावमा पनि सांसदभन्दा बाहेकका नारा दिएका पनि छैनन् । उनी सांसद भएपनि ओलीको सहयोगी नै हुने देखिन्छन् । जसकारण पनि उम्मेदवारको तुलना भिन्न ढंगबाट भइरहेको छ ।

सर्वेक्षणमा थापाको जित निश्चित

संसार न्यूजले काठमाडौं ४ काठमाडौं महानगरपालिका र बुढानिलकण्ठका गरी १०० जना स्थानीयसँग स्वतन्त्र ढंगले मत सर्वेक्षण गर्दा थापाले जित्ने सम्भावना बलियो पाएको छ । १०० जनाको बीचको गरिएको सर्वेक्षणमा ७० जनाले थापालाई रोजेका पाइयो । भट्टराईको पक्षमा भने जम्मा १८ जनाले मत दिने बताएका थिए । बाँकीले अन्य उम्मेदवारलाई मत दिने बताए । थापाको पक्षमा धेरैले मत दिने बताइरहँदा धेरैले एमसीसीको प्रश्न भने उठाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार