
काठमाडौं । डोटीको नेशनल पार्कलाई केन्द्र विन्दु बनाएर मंगलबार राति २ बजेर १२ मिनेट जाँदा गएको ६.६ रेक्टरको भूकम्पका कारण ६ जनाले ज्यान गुमाएका छन् ।
डोटीको पुर्वी चौकी गाउँपालिका गैरागाउँका दुई परिवारका ५ र पाहुना हुन आएकी एक युवती गरी ६ जनाको मृत्यु भएको हो ।
घाईते भएका ५ जनाको उपचार भइरहेको छ । जसमा गम्भीर २ जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि धनगढी ल्याइएको छ ।
भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा भत्किएका घर । तस्बिरहरु -रासस
भूकम्पबाट घर क्षति भएपछि बाहिर आँगनमा खाना पकाउँदै डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका स्थानीयवासी ।
भूकम्पले क्षति पु¥याएको घरबाट सामान बाहिर निकाल्दै सुरक्षाकर्मी ।
डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा गए राति गएको भूकम्पले क्षति पु¥याएको घर ।