Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

मिडियाले साथ दिएमा मानसिक रोग लाग्नबाट बच्न सकिने



१९ चैत, काठमाडौँ । सञ्चारमाध्यमले मानसिक स्वास्थ्यका विषयमा जनतालाई सुसूचित गराउन भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रेस काउन्सिल नेपालले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने ‘कोसिस’ नामक संस्थासँगको सहकार्यमा यहाँ शुक्रबार आयोजना गरेको कार्यक्रममा काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्कीले अझै पनि मानसिक रोग लागे निको हुन्न भन्ने भम्र रहेकाले उपचार गराए निको हुन्छ भन्ने सन्देश सञ्चारमाध्यमले दिनुपर्ने बताउनुभयो ।

“मिडियाले यसबारे बोल्यो भने यसको प्रभाव छिटो देखिन्छ, त्यसैले मानसिक रोगलाई लुकाएर बस्ने प्रवृत्तिमा कमी आउँछ । यसबारे कलम चलाउन जरुरी छ”– उहाँले भन्नुभयो । काउन्सिलका सदस्य किशोर श्रेष्ठले ९१० अखबार काउन्सिलको वर्गीकरणमा परेका छन् त्यत्तिकै अनलाइन, टिभी छन् , ती सबैले मानसिक स्वास्थ्यलाई आफ्ना मिडियामा स्थान दिने हो भने धेरै जनचेतना फैलने छ भन्नुभयो ।

कोसिस संस्थाका अध्यक्ष मातृका देवकोटाले मानसिक रोगलाई समाजले स्वीकार्न नसकेकाले समयमै बिरामी उपचारका लागि पुग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म आफँै मानसिक समस्याबाट करिब १५ वर्ष पीडित भएँ । मलाई रोग हो भनेर उपचारमा जानै समय लाग्यो । यस्ता कथा धेरैका छन् । जसलाई सामान्य समस्याले कडा रोगतर्फ धकेली रहेको छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० लाख बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको अनुमान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको