Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचन आयोगले सोध्यो वोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका विनोद चौधरीको चुनाव प्रचारमा सहभागी भएको भन्दैस्पष्टीकरण सोधेको छ ।

नवलपरासी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ख) मा “राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने” व्यवस्था छ ।’ आयोगद्धारा सोधिएको स्ष्टीकरणमा भनिएको छ ।

उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेश गर्न आयोगले केसीलाई निर्देशन दिएको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण के छ भन्दै आयोगले केसीमाथि प्रश्न गरेको छ ।

‘तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?’ आयोगले भनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार