Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा



चौतारा । नेपाली सिने जगत र टेलि चलचित्रहरुका चर्चीत हास्य कलाकार सुरबीर पण्डित ‘दारी बाजे’ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।

हाँस्य प्रस्तुतीमा ‘दारी बाजे’ नामले चर्चीत पण्डितले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रममा सहभागि भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे ।

युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोलि खाएको योद्धा भएको स्मरण गराउँदै उनले राजनीतिमा युवा अघि आउनु खुसीको कुरा भएको बताए । उनले महिला अधिकारका लागि महिलाले नै जित्नु पर्ने र त्यसका लागि मसिना खड्का भण्डारीमा काम गरेर देखाउने क्षमता रहेको चर्चा गरे ।

लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुती सहित सुबोध र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो ।

यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले ‘अरु कुरा था छैन, गठबन्धनलाई नजिताई भा’ छैन, सुबोध, सरल, मसिनालाई नजिताई भा छैन’ बोलको गित गाएर मतदाता र उम्मेदवारलाई समेत छमछमी नचाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार