
किशन पौडेल,हेटौंडा
१
सत्ताको यात्रा
गठबन्धनको
नौटङ्की जात्रा !
२
छैन भरोसा
देख्छौ सपना
मात्र निराशा !
३.
भरियो घृणा
यी नेता देख्दा
हरायो श्रद्धा !
४
फेरियो तन्त्र
धामी र झाँक्री
उस्तै छ मन्त्र
५..
दक्षिणपन्थी
वामपन्थीका
एउटै जन्ती !
६.
फेरिन्छ पात्र
चरित्र उस्तै
निराशा मात्र !
७.
सत्तामा जाने
सबैको दाउ
लुटेर खाने ।
८.
भ्रष्टहरूको
हालीमुहाली
दुष्टहरूको !
९.
बिग्रन्छ मति
आफ्नै बुद्धिले
हुनेछ खती !
१०.
दरिद्र मन
अघोरी भुँडी
भरिन्न तन !