
निरज कोइराला, उदयपुर, हालः इटहरी
१.
मलाई भनेको तिमीले घचेटी,
निकै नै बढेछौ रुपैया समेटी ।
२.
नयाँ रूप फेरी बनेका लयालु,
दया गर्छु भन्ने बिरालो दयालु ।
३.
चुनावी चटारो बढेको छ साह्रो,
मलाई त छान्नै परेको छ गाह्रो ।
४.
सबै देख्छु उस्तै बिछट्टै मिलेको,
ठुला ती योजना सबै नै निलेको ।
५.
फुटेको छ हाँडी जडेको छ मोती,
बढार्दै छ खुस्की घिसारेर धोती ।
छन्द : भुजङ्गप्रयात