Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

सुसेली



सविता के.सी.,काठमाडौँ


काम गर्नु छ
जान्छु अब पँधेरो
पानी भर्नु छ ।


ठेला हातमा
कसरी जानू सधैँ
मेला पातमा ।


लिन्छु हजार
किनमेल गर्नु छ
जान्छु बजार ।


जान्न माइत
सधैँको बुहार्तन
छैन साइत ।


मेरो मनको
कति पछि लाग्ने हो
तुच्छ धनको ।


जीवन काट्छु
दुई छाक खाएर
ममता साट्छु

यात्रा काटौँला
यसै बित्छ जीवन
माया साटौँला ।


मेरो मायामा
मायालाई पर्न म
दिन्न छायाँमा ।


मुटु साटेर
काटौँला नि जीवन
माया बाँडेर ।

१०
मेरो घरको
ढुङ्गामाटो सहारा
तिम्रै भरको ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार