Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

लघुकथा :अर्धनग्न



ममता मृदुल,विराटनगर

‘चारू, म तिमी बिना बाच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु ।’, छविले धेरै पटक चारूलाई भनेको थियो । चारूले मनमनै सोचिन् । मलाई यति धेरै माया गरेको छ । म अरू के खोज्नु हुन्छ, भनिदिन्छु । आखिर सँगै कलेज पढेका छौँ । पछि मिलेर केही गरौला ।

सात दिनसम्म भेट भएन कसैलाई सोधिनन् । एकदिन कलेज जादा बाटोमा छविलाई देखिन् । परैबाट बोलाउन असजिलो लाग्यो । छवि भएको ठाउँमा गइन् । मुसुक्क मुस्कुराइन् । छविलाई केही भन्नु भन्दा पहिले छविले बुझ्यो । प्रेम झ्यागिंयो । चारूलाई पनि छविको व्यवहार मनपर्छ । व्यवहारिक लाग्छ । सोचेर खर्च गर्ने जथाभावी नबोल्ने उस्को सुन्दर सालिन व्यवहार छ ।

एक्कासी चारूलाई फुपुको छोरीको बिहेमा जानुपर्न भयो । एक महिना फूपूको घरमा बसेर घर आइन् । हतार हतार छविलाई भेट्न डेरामा गइन् । छविको कोठामा एउटी महिला र तीन वर्षको बच्चा थियो । छवि डेरा सरेछन, मनमनै सोचिन् । फर्किन के लागेकी थिइन् पछाडिबाट, ‘बेबी मलाई टाबेल देउ न कता गयौ ?’ भन्ने आवाजÞ सुनेर पछाडि फर्केर हेरिन् । छवि अर्धनग्न अबस्थामा चारूको पछाडि उभिइरहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार