Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

फिनल्याण्डमा मानव तस्करीको अभियोगमा एक नेपाली दम्पतीलाई जेल सजाय



हेल्सिन्की (जीएनएन) । फिनल्याण्डमा रहेका एक नेपाली दम्पत्तीलाई जेल सजाय सुनाइएको छ ।

फिनल्याण्डको एक अदालतले मानव तस्करी गरी आफ्नो रेष्टुरेन्टमा श्रम शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै गुल्मीका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई जेल सजाय सुनाएको हो ।

पिर्कन्मा जिल्ला अदालतले गुल्मी घर भइ लामो समयदेखि फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न .सापकोटा दम्पतीलाई दोषी ठहर गदै जेल सजायको फैसला सुनाएको हो ।

हेलसिन्कीबाट झन्डै डेढघण्टा टाढा रहेको ताम्पेरे शहरस्थित आफ्नो रेष्टुरेन्टमा बाध्यकारी श्रममा लगाएकोमा उनीहरु दोषी पाइएका हुन् । उनीहरुले नेपालबाट कामदारहरु ल्याएर बिहानदेखि राती अबेरसम्म हप्तामा ६ दिन वा सातैदिन काममा लगाउने गरेको अराोप छ ।

फिनल्याण्डबाट प्रकाशित समाचारपत्र, हेलसिङ्गिन सानोमतका अनुसार ताम्पेरेस्थित जिल्ला अदालतले रेष्टुरेन्ट मालिक डिलारामलाई ३ वर्ष ८ महिना तथा उनकी श्रीमती रिमालाई २ वर्ष १० महिना जेल सजाय सुनाएको हो । एक जना ‘माइला’ भन्ने (परिवर्तित नाम) नेपाली कामदारले उनीहरुमाथि उजुरी गरेपछि प्रहरीले छानबिन गरेर सापकोटा दम्पतीविरुद्ध मुद्दा चलाएको समाचारमा जनाइएको छ ।

अदालतले सापकोटा दम्पती तथा उनीहरुका कम्पनीबाट श्रम शोषणमा परेका कामदारहरुलाई ज्याला, उनीहरुले पाएको पीडा र क्षतिपूर्ति वापत लाखौं यूरो तिर्नका लागि आदेश समेत दिएको छ ।

फिनल्याण्डमा रेष्टुरेण्ट व्यवसाय संचालन गरेर बसेका केही नेपाली व्यवसायीले यसअघि पनि कामदारहरुलाई बन्धक जस्तै बनाएर श्रम शोषण गर्ने गरेको समाचार यसभन्दा पहिले पनि आएका थिए । फिनिश प्रहरीले ती उजुरीहरुबारे पनि छानबिन गरिरहेको जनाइएको छ ।

अदालतले सापकोटा दम्पतिले चारजना नेपालीलाई मानव तस्करी गरेको र थप दुई जनालाई काममा भेदभाव गरेको ठहर गरेको थियो।

फोटो श्रोत -हेलसिङ्गिन सानोमत

https://www.hs.fi/kotimaa/art-2000009196691.html?utm


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार