Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

बैकिङ इतिहासको पहिलो बैंकका ८६ वर्ष



बैंक स्थापनाको इतिहास

नेपालमा बैंकिङ इतिहासको अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको समयलाई बैंकिङ इतिहासमा सर्वाधिक महत्वको समय मानिन्छ । विश्वमा १७ औँ शताब्दीताका नै सुरु भएको बैंकिङ अभ्यास नेपालमा आइपुग्न २० औँ शताब्दीको अन्त्यसम्म नै पर्खनुपर्‍यो । नेपालको बैंकिङ क्षेत्रमा अहिले जुन क्रान्ति भएको छ, यसको जग बसाल्ने काम ‘नेपाल बैंक लिमिटेड’को स्थापनाबाट भएको हो । किनकि नेपाल बैंक नेपालको पहिलो बैंक हो, जसको स्थापना वि.सं. १९९४ साल कार्तिक ३० गते भएको थियो ।

नेपाल बैंक कानु, १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवनले गरेका थिए । त्यतिबेलै सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सुरु भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । ८ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको निक्षेप १७ लाख रुपैंयाँ थियो भने लगानी १९ लाख रुपैंयाँ थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंककाे भूमिका अतुलनीय रहेको छ । नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई जान्छ । भारतीय रूपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडको निकै ठूलो भूमिका रहेको थियो ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंककाे भूमिका अतुलनीय रहेको छ । नेपालमा औपचारिक बैकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई जान्छ । भारतीय रूपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडको निकै ठूलो भूमिका रहेको थियो ।

नेपाल बैंक लिमिटेडले वि.सं. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिकासमेत निर्वाह गरेको थियो । जसलाई निकै सराहनीयपूर्वक हेरिन्छ । नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशीलरूपमा लागि परेको छ ।

जनतासँग बैंकको सम्बन्ध

पहिलो बैंक र सरकारको समेत लगानी भएको बैंक भएका कारण पनि जनतासँग नेपाल बैंकको सम्बन्ध निकै राम्रो पाइन्छ । आफैंमा लामो इतिहास बोकेको बैंकले पुस्तौँदेखि पुस्तासम्मको सम्बन्ध स्थापित गरेको छ । बैंकले हालसम्म २३ लाखभन्दा बढी ग्राहक बनाएको छ । सरकारी वित्तीय कारोबारको समेत जिम्मेवारी पाएका कारणले बैंकप्रति जनस्तरमा निकै ठूलो विश्वास छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व

बैकिङ सेवासँगै सरकार र समुदायसँग रहेर कार्य गर्ने सोचअनुरूप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धेरै महत्वपूर्ण क्षेत्रहरूमा आफ्नो सहभागिता जनाएको पाइन्छ । कयौँ समाज सेवाका कार्यहरूमा पनि बैंकको भूमिका भेटिन्छ । वित्तीय पहुँचको विस्तार एवम् वित्तीय समावेशीकरणको अभियानमार्फत बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सरकारको समेत लगानी रहेको बैंक भएका कारण पनि बैंकले प्राकृतिक प्रकोप, महामारीलगायतका विभिन्न संकटहरूमा अग्रपङ्क्तिमा रही कार्य गरिरहेको पाइन्छ ।

आर्थिक विकासमा बैंकको योगदान

अर्थतन्त्रको मौद्रिकीकरण तथा देशैभर शाखा सञ्जाल विस्तारमार्फत वित्तीय पहुँच बढाएर एवम् सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गरी गरिबी निवारणमा योगदान दिएर उद्योग तथा वाणिज्य क्षेत्रको विकासमार्फत प्रत्यक्ष र परोक्षरूपमा रोजगारी सिर्जना गरेर नेपाल बैकले आर्थिक विकासमा प्रभावकारी भूमिका खेलिरहेको छ । बैंकले साना मझौला एवम् ठूला सबै खाले उद्यम र परियोजनामा ऋण लगानी गरेको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत सरकारको नीतिअनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी उल्लेख्य पाइन्छ । युवा स्वरोजगारका क्षेत्रमा होस् वा महिला उद्यमशिलता, शैक्षिक बेरोजगार व्यक्तिहरूलगायत विदेशबाट फर्किएका सीपयुक्त व्यक्तिहरूलाई सक्षम एवम् आत्मनिर्भर बनाउन सरकारले दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई समेत बैंकले प्रभावकारी रूपमा कार्यान्वयनसमेत गर्दै आइरहेको पाइन्छ ।

परम्परागत बैकिङबाट आधुनिक बैकिङमा सफलताका साथ ठूलो छलाङ्ग मार्न सफल अब्बल बैंकका रूपमा नेपाल बैंक लिमिटेडले आफ्नो पहिचान बनाएको छ । सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोडलगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको छ ।

आधुनिक प्रविधिको प्रयोग

परम्परागत बैकिङबाट आधुनिक बैकिङमा सफलताका साथ ठूलो छलाङ्ग मार्न सफल अब्बल बैंकका रूपमा नेपाल बैंक लिमिटेडले आफ्नो पहिचान बनाएको छ । सम्पूर्ण आधुनिक बैकिङ सेवाका रूपमा रहेका मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, अनलाइन बैंकिङ्, डेबिट कार्ड, क्रेडिट कार्ड, सि–आस्वा, क्युआरकोडलगायतका अन्य डिजिटल बैंकिङ सुविधाहरूले बैंकको सेवाप्रवाहलाई थप गतिशील, सहज र प्रतिस्पर्धी बनाएको छ । बैंकले आधुनिक बैंकिङ सेवाको साथमा सुरक्षित निक्षेप, सुलभ र सहज कर्जा, भरपर्दो रेमिट्यान्स, छिटोछरितो र सुरक्षित प्रतीतपत्र, बैंक जमानतलगायत ट्रेड फाइनान्सका थुप्रै सुविधाहरू प्रदान गरिरहेको छ । तसर्थ, नेपाल बैंक आधुनिक प्रविधिमैत्री बैंकका रूपमा पूर्णतः स्थापित भइसकेको मान्न सकिन्छ ।

सेवा विस्तारमा आक्रामक

नेपाल बैंकको सेवा विस्तार अन्यको तुलनामा निकै आक्रामक छ । शाखा सञ्जालको हिसाबले पनि बैंक अन्यभन्दा अगाडि छ । हाल बैंकले २२२ शाखामार्फत कारोबार गर्दै आएको छ । शाखासँगै बैंकले १९८ वटा एटिएम, ४९ वटा एक्स्टेन्सन काउन्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । यति मात्रै होइन, बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिनसमेत सफल भएको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको बैंकले प्रकासित गरेको वित्तिय विवरणबाट देखिन्छ ।

बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिनसमेत सफल भएको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् साथै हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको बैंकले प्रकासित गरेको वित्तिय विवरणबाट देखिन्छ ।

बैंकले उपलब्ध गराएको वित्तिय विवरणअनुसार वि.सं. २०७९ असार मसान्तसम्म बैंकले १ खर्ब ९६ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब ७८ अर्ब कर्जा प्रवाह गर्न सफल भएको छ । ८६ वर्षअघि ८ लाख ४२ हजार रूपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब पुगेको छ । विगतका वर्षहरुका वित्तिय विवरण अनुसार बैंकको प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा १७.८२ अर्ब रूपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ ।

प्रशस्त अचल सम्पत्ति, कास निक्षेप, आधार दरको न्यूनता, स्प्रेडदर व्यवस्थापन, ब्याजदरको सन्तुलित उतारचढाब, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । त्यसैले हरेक वित्तीय परिसूचकहरुका आधारमा नेपाल बैंक नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकको रूपमा उभिएको मान्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।