Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा तीन बालकको मृत्यु



सिरहा । सिरहामा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत–२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज–२२ बस्ने नन्दलाल दासको छोरा १० वर्षीय नितेश कुमार दास रहेका छन् ।

उनीहरुको आइतबार पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार