Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

मंसिर १६ गतेदेखि भृकुटीमण्डपमा इभी नेपाल एक्सपो आयोजना हुने



काठमाडौं । एसडी एक्स्पो मिडियाको आयोजनामा भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्सपो हुने भएको छ ।

यही मंसिर १६, १७ र १८ गते भृकुटीमण्डपमा इभी नेपाल एक्सपो हुने भएको हो ।

एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । सो एक्सपोसँग अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभी ड्राइभ द फिउचरले सहकार्य गरेका छन् ।

एक्सपोको पहिलो उद्देश्य नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढंगले व्यापार सञ्चालनमा टेवा पुर्याउनु रहेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार एक्सपोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड राखिनेछ ।

एक्सपोमा विशेष गरी विद्युतिय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर , रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू राखिने बताइएको छ ।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उल्लेखनीय मात्रमा हाइड्रो पावरहरु पनि सञ्चालनमा आएका छन् । यो सन्दर्भमा नेपालले आफ्नो प्राथमिकता विद्युतीय यातायातमा सारेको देखिन्छ । विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरुले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरु पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जिको खपत बढाउँछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार