Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल कल्चरल एण्ड फूड फेस्टिबल ‘ओकिनावा २०२२’ को तयारी अन्तिम चरणमा



जापान । ‘एक देश : धेरै चिनारी’ भन्ने नारासहित नेपाल कल्चरल एण्ड फूड फेस्टिबल भब्य तयारी सहित यही नोभेम्बर २० तारिक ओकिनावामा आयोजना हुने भएको छ ।

फेस्टिबल आउन केही दिन मात्र बाँकी रहँदा आयोजक समितिले कार्यक्रमको सबै तयारी पूरा भईसकेको जानकारी दिएको छ ।

ओकिनावामा पहिलोपटक सम्पूर्ण ओकिनावावासी नेपालीको सहकार्य तथा आयोजनामा ओकिनावा कल्चरल एण्ड फूड फेस्टिबल २०२२, नेपाल ः एक देश, धेरै चिनारी’ भन्ने नारालाई आत्मसाथ गर्दै नेपाल तथा जापानका बिभिन्न सांस्कृतिक पहिचानका झलकहरु, नेपाली खाना, नेपाली राष्ट्रिय तथा परम्परागत पहिरन, सामाग्री प्रदर्शनी सहित नेपालको पर्यटन प्रबर्धनका साथमा सहयोग पु¥याउने उद्धेश्यसहित सम्पन्न हुन गइरहेको आयोजक समितिले जनाएको छ ।

बहुसांस्कृतिक, बहुभाषिक, मौलिक मूल्य मान्यता तथा पहिचान सहितको नेपाली समाजलाई जनस्तरमा मजबुतीकरणका लागि र परदेशबाटै नेपालको पर्यटन प्रबद्र्धनमा एउटा नयाँ आयाम पस्किने उद्धेश्यका साथ पहिलोपटक जापानको ओकिनावामा फेस्टिवलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

सोही अनुरुप परदेशमा नेपाल र नेपालीको संस्कृति र संस्कारको पहिचान स्थापना गराउने यो स्वर्णीम अभ्यास र परिक्षा दुबै भएको आयोजक समितिका सदस्य सुबर्ण तामाङले जानकारी दिए । “हाम्रा लागि यो अभ्यास र परिक्षा दुबै हो हेरौ, यो चुनौतीपूर्ण प्रयासले कस्तो नतिजा या प्रभाब छोड्छ ।’ संसारन्युजसँग उनले भने ।

झण्डै पाँच हजार नेपाली रहेको ओकिनावामा सम्पूर्ण नेपालीले आफ्नो अपनत्व महशुस हुने गरि आयोजना गरिएको फेस्टिबल ओकिनावाको उमिसोरा कोएन, नाहामा २० तारीक आइतवार बिहान १० बजेवाट साँझ ६ बजेसम्म आयोजना गरिने भएको छ ।

कार्यक्रममा स्थानिय संघ÷संस्था, ब्यवसाय तथा जापानस्थित नेपाली राजदूतावास टोकियोबाट राजदुतको उपस्थिती तथा ओकिताका नाहा शहरका मेयर सहित स्थानिय अधिकारीहरूको सहभागिता रहने बताइएको छ ।

आयोजक समितिले फेस्टिबल सम्पन्न गराउन स्पोन्सर तथा सपोर्टरहरुवाट आर्थिक सहयोग लगायत बिबिध सहयोग सल्लाह सुझाबहरु पनि प्राप्त भएकोले थप जिम्मेवार र उत्साहित बनाएको जनाएको छ ।

फेस्टिवल आयोजक समितीले कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन व्यापक प्रचार प्रसारको तयारी गरिरहेको जनाउदै बिषेशत ओकिनावा बासी नेपालीहरुलाई साथै जापान बासि नेपालीहरुलाई राष्ट्रको प्रतिष्ठासंग जोडिएको यो कार्यक्रमलाइ सम्पन्न गर्न सहयोग सल्लाह र उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार