Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

पर्यटकलाई लक्षित गर्दै पोखरामा पहिलो पटक खुल्यो ‘लक्जरी अपार्टमेन्ट’



पोखरा । लामो वा छोटो समय बस्नका लागि पोखरामा आउने पर्यटकलाई लक्षित गर्दै पहिलो लक्जरी अपार्टमेन्ट सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले पोखराको लेकसाइडस्थित बाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् ।

अपार्टमेन्टमा ग्रुप र परिवारसहित आउनेलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको सञ्चालन श्रेष्ठले बताए । पोम्समा घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध भएको उनले बताए । किचन, ग्याँस, भाँडाकुडालगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा हाउसको रहेको श्रेष्ठको भनाइ छ ।

विदेशमा जस्तै पोखरामा परिवारसहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने विश्वास श्रेष्ठले राखेका छन् । “लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुने विश्वास लिएको छु”, उनले भने । यद्यपि, एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए ।

कति लाग्छ खर्च ?

एक रातको नेपालीका लागि ३ हजारदेखि १२ हजारसम्म र विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म लिने गरेको बताए । करिब १० आना क्षेत्रफलमा निमार्ण भएको अपार्टमेन्ट निर्माण करिब १० करोड खर्च भएको श्रेष्ठको भनाइ छ ।

पोम्समा स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेडरुमको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेरिङ किचन रुम रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार