Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

तिहारका लगाइएको फूल समयमा नफुलेपछि बाख्रालाई खुवाउँदै किसान



म्याङलुङ । करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ ।

विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले रु एक लाख लागतमा फूल खेती गरे । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे ।

थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गरेका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ । यतिबेला उनको बारिमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताइन् ।

उनी भन्छीन् “अरु नै खेती गर्दै आएका थियौ । फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थौँ । फूल लगाएर बेकार भयो । लगानी नै फसेको गुनासो गर्नुभयो ।”

फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उनी भन्छन्, “धेरै राम्रो फूल भए तापनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पु¥याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नास भएर जाने भयो ।”  रासस

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार