Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

बीमा कम्पनीहरुको नाफा बढ्यो, सबैभन्दा बढी ज्योती लाइफकाे



काठमाडौं । जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तिय विबरणमा यस्तो देखिएको हो । यो अवधिमा जीवन बीमा कम्पनीहरुले ५८ प्रतिशतले नाफा बढाउन सफल भएका छन् ।

बीमा कम्पनीहरुले सार्बजनिक गरेको विवरण अनुसार तीन महिनाको अवधिमा उनीहरुको मुनाफा एक अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीहरुले एक अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। बीमा कम्पनीहरुले सार्वजनिक गरेको विबरण अनुसारको नाफा वास्तविक मूल्याङ्कन र लेखापरीक्षणपछि भने धेरै नै फरक पर्ने गरेको देखिएको छ ।

यो अबधिमा सबैभन्दा धेरै मुनाफा ज्योती लाइफले गरेको छ । यो कम्पनीले चालु आबको पहिलो त्रैमासमा १३३ प्रतिशतले मुनाफा बढाएर २१ करोड ५२ लाख रुपैयाँ पुर्‍याएको छ । त्यस्तै दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्सको नाफा ८२ प्रतिशतले बढेर २० करोड ७३ लाख रुपैयाँ पुगेको छ । यी दुबै कम्पनीहरू मर्जरको अन्तिम तयारीमा पनि छन् ।

तेस्रो धेरै मुनाफा गर्नेमा नेपाल लाईफ अगाडी आएको छ । नेपाल लाइफले यस अवधिमा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेप्सेमा गिरावट आएसँगै धेरै कम्पनीको मुनाफामा असर परेकोमा यसको असर नेपाल लाइफ लगायतका कम्पनीहरुमा देखिएको छ ।

त्यस्तै धेरै मुनाफा गर्ने मा अर्को कम्पनी सन नेपाल लाइफअगाडि आएको छ । उसले यो अबधिमा १५ करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आवधिक जीवन बीमाबाट कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको देखिएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले पनि २१७ प्रतिशतले नाफा बढाउदै १३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उसको नाफा गत वर्षको भन्दा ३५ प्रतिशतले बढि हो । एशियन लाइफ इन्स्योरेन्सले भने ११ करोड ७० लाख मुनाफा आर्जन गरेको छ । त्यस्तै रिलायबल नेपाल लाईफ १० करोड, मेट लाइफ ८ करोड ९३ लाख, सिटिजन लाइफ ७ करोड तीन लाख, आइएमई लाइफ ६ करोड ७६ लाख, गुराँस लाइफ ६ करोड ३५ लाख रुपैंया नाफा आर्जन गरेका छन् ।

यता केहि बीमा कम्पनीहरुको नापफमा भने गिरावट आएकाे छ ।  प्राइम लाइफ, युनियन लाइफ र एलआइसी नेपालको नाफा भने गत वर्षको तुलनामा घटेको छ । प्राइम लाइफको मुनाफा गत बर्षको तुलनामा ५७ प्रतिशतले घटेर ५ करोड २५ लाख रुपैयाँमा झरेको छ । त्यस्तै युनियन लाइफको नाफा गत बर्षभन्दा १९ प्रतिशतले घटेर २ करोड ७८ लाख रुपैयाँमा खुम्चिदा एलआइसी नेपालको भने ५९ लाख २९ हजार रुपैयाँ नोक्सानमा देखिएको छ ।

बीमा कम्पनीहरुले ८० प्रतिशत लगानी बैंकहरुकै मुद्दती निक्षेपमा गर्ने भएकाले अहिलेको समयमा बीमा कम्पनीहरुको मुनाफा स्वभाविक रुपमा अधिक बढेको देखिएको छ । बैंकहरुको व्याजदरमा गिरावट आउँन थाल्छ त्यतिवेला बीमा कम्पनीहरुको मुनाफा घट्छ । बीमा कम्पनीहरुले बैंक बाहेक अन्य सुरक्षित क्षेत्रमा लगानी गर्न नसक्दा यस्तो अवस्था आएको देखिएको छ ।

हेर्नुहाेस् कुन कम्पनीले कित कमायाे ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार