Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने



काठमाडाैं । नेपालमा पहिलोपटक बेस्ट एयरलाइन्स अवार्ड २०२२ को आयोजना हुने भएको छ । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने र नेपाली पर्यटन क्षेत्रलाई एकैपटक विश्वभरका सञ्चारमाध्यमको चासोमा ल्याउने उद्देश्यअनुरूप उक्त अवार्ड घोषणा हुने गर्न लागिएकाे हाे ।

कुल १६ विधामा प्रदान गरिने उक्त अवार्ड नेपाली एयरलाइन्सका लागि मात्र ३ वटा छुट्याइएको छ भने ११ वटा नेपाल भएर अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सहरूका लागि छुट्याइएको छ । बाँकी २ वटा अवार्ड भने हवाई सुरक्षा र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदार मध्यहरुबाट उत्कृष्टलाई प्रदान गरिने आयोजक बानले जनाएको छ ।

पत्रकार सम्मेलनमा बेष्ट एयरलाइन्स अवार्ड नेपाल आयोजनाका अध्यक्ष सागरदेव लाखेले हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले डिसेम्बर १३ का दिन विशेष समारोहका बीच बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बताए । ‘अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स आवर्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको छ, ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिष्पर्धा गर्नेछन्,’ उनले भने ।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा तय गरिने यो अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाजका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष श्रीजना राणा, स्कुल क्लब अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाट्टाका पूर्वअध्यक्ष सिएन पाण्डे, पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुर रहेका छन् ।

यसैगरी, एभियसन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, लिड नेपाल इन्कका अध्यक्ष अनिलकेशरी शाह, सिजी होल्डिङस्का अध्यक्ष अरुण चौधरी र नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो समेत जुरी मेम्बरमा रहेका छन् ।

बेस्ट एयरलाइन्स अवार्ड (बान) को आयोजनामा हुने कार्यक्रमको सहआयोजकको रुपमा होटल ह्यायात प्लेस रहेको छ भने टाइटल स्पोन्सरमा नेपाल टुरिजम बोर्ड लगायतका कम्पनीहरू रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार