Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा १३ प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३.०२ प्रतिशत बढेर ७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २२ लाख मात्र खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १३.२२ प्रतिशत बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड ८६ लाख ७७ हजार खुद बीमा शुल्क आर्जन गरेको थियो ।

मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क ६२ प्रतिशत बढेर १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी ६६.६६ प्रतिशत बढेर ४० करोड ५३ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८६ लाख ७६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले असोज मसान्तसम्ममा २० करोड २९ लाख रुपैयाँ अभिकर्ता कमिशन दिएको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ, जगेडा कोष २२.०२ प्रतिशत बढेर ९३ करोड ४९ लाख रुपैयाँ, जीवन बीमा कोष ४९.१८ प्रतिशत बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ र महाविपत्ती कोष २२.६१ प्रतिशत बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ । कम्पनीमा १९९ दाबी संख्या वापत ३२ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीले हालसम्म २ लाख ४० हजार ९८४ कुल बीमालेख संख्या जारी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार