Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

कथा : जीवनको एक्लो यात्रा



खै कसरी जीवनको अनुभुतीहरु संगालेर राखँु, पोको परेका सपनाहरु चारैतिर छरिएका छन् । एकातिर सम्हाल्छु अर्कोतिर फुत्कीदै जान्छ । उफ, कस्तो जिन्दगी ! अब त बाच्नु भन्दा मर्नु नै निको होला की जस्तो पो लाग्छ ! हेर्दै जाउँ यो परिस्थितीले कहाँसम्म डोर्याउदै लैजान्छ अनि कुन किनारामा तैर लगाई छोडी दिने हो ।

सिंगो मेरो शरिर मरेतुल्य अनि शून्य सुनसान कुन ठाउँमा पल्टिने हो त्यो पनि थाहाँ छैन । गिद्धले मेरो जिउँदो शरिरलाई लुछ्दा मात्र म अ‍ैथ्या भनेर उठ्छु होला, अनि मात्र म जिउँदै रहेछु भन्ने महसुस हुन्छ होला मलाई । बेहोशी हालमा आफुलाई सम्हाल्न नसकी लौरोको साहारामा बिस्तारै पाईला चाल्दा अनि मात्र मलाई थाहाँ हुन्छ होला, म त एक्लै पो छु त हगी । जति पाईला चाल्दै जान्छु त्यति नै मेरो लागि जमिन भासिदै गएको आभास हुन्छ होला अनि अचानक जमीन फाटेर मेरो सिङ्गो शरिर त्यही अन्त पो हुने हो की’ यस्तै यस्तो सोचाइमा डुब्छु आजकल ।
एक्लो हुँदा मन बहलाउने गर्छु, अनि भन्छु ‘अब कहिल्यै कसैको भर गर्दिन् ।’ कारण म आवस्यकता भन्दा बढी यथार्थमा रमाउने गर्छु ।

थाहा छ ? किन की मेरो मनको स्थानमा सत्यता लुकेको छ । त्यसैले त म भिडभाड भन्दा एकान्तमा रमाउने गर्छु । एक्लै बस्नुमा पनि बेग्लै अनि बिछट्टै मज्जा छ, त्यो कस्लाई थाहाँ होला र ! थाहाँ हुनको लागि म जस्तै एकान्तप्रेमी हुनुपर्छ भन्ने लाग्छ । कारण, म जीवनलाई फर्कीएर कहिले हेर्दिनँ । हिजो जे हुनु थियो त्यो भयो र हुनु पनि पथ्र्यो अनि भएर टर्यो पनि । आज जे हुन्छ त्यो पनि भएरै छाड्छ । अनी भोली जे हुनु छ त्यो पनि हुने नै छ । त्यो भएरै छोड्छ न त हत्केलाले रोकीन्छ न त डोकोले छोपेर छोपीन्छ अँ ह केहीले छेकीन्न नत कुनामा लुकेर नै टर्छ ।
हिजो के भयो ? आज के हुन्छ र भोली के हुने छ ? म कहिल्लै अनुभव गर्दिन र यस विषयमा चिन्तीत पनि हुदीनँ । जिन्दगी एउटा भोगाई त हो नी । त्यसैले त दुख र सुख छुट्टयाउन सकिन्छ यदी भोगाई फरक नभैदिएको भए जिन्दगीको मज्जा कहाँ हुन्थ्यो र ? जसरी चल्छ जिन्दगी चलिरहोस्, म त्यसरी चलाईदिन्छु ।

मैले जीवनमा जति जे गरे पनि आखिरमा मैले के पाए आफ्नो एक्लो जीवन बाहेक । सोह्र बर्षको उमेरमा एउटा मान्छेसँग बिहे गरे । त्यो पनि आफुभन्दा आधा उमेर बढीको मान्छेसंग विवाह गर्नुको नतिजा फगत आज एक्लो भए । मैले एउटा सन्तान पनि पैदा नगरेको हैन । जब म प्रदेश लागे उस्ले अर्को विवाह गर्यो । मेरो बाबूलाई पनि आफुसँगै राख्यो । दुःख कष्ट गरेर सात–सात बर्षसम्म काखमा राखी हुर्काए, बढाए, तर आज छोरा उसको मात्र भएछ । उ मसंग पनि बोल्दैन अनि ‘बाबु’ भनेर बोलाउँदा ‘तपाईलाई चिन्दिन’ भन्ने उसको जवाफले मुटु भक्कानिन्छ । तर पनि आमा हुँ उसको खुसीमा म पनि खुसी नै हुन्छ ।

सम्झनामा ती दिनहरु रिल झै घुमेर आउँछन् । म नौ क्लासमा पढ्दै थिए त्यो बेला । आफूभन्दा पाको उमेर हो भनेर बावाले उ संग विवाह गरिदिनु भयो । ‘आफू गरिब भएको कारण छोरीले सुख पाउँछीन् भन्ने बावाको सोँच उहाँका लागि सहि भएपनि, मेरो लागि भने सय प्रतिशत गलत थियो । ‘पढ्छु बाबा, पछी ठुली भएर हजुरको साहारा बन्छु, साथ दिन्छु अनि गाउँको स्कूलमा टिचर बन्छु, भाइ बहिनीलाई धेरै पढाउँछु’ भन्दाभन्दै पनि झण्डै आफ्नै उमेरको मान्छेसंग मेरो बिवाह गरिदिनु भयो । विवाह नगरेर बसेका या त गर्ने समय नमिलेर हो ईण्डीयन लाहुरे थिए उनी । त्यस्तो मान्छेलाई मैले श्रीमान मान्नु पर्यो ।

मंसिरको पच्चीस गते विवाह भएर म बेलबारीको खोर्साने पुगे । मन नपरी नपरी रात दिन विताए उनीसँग । घरि घरि लाग्थ्यो उ मेरो बुवाको उमेरको मान्छे । जब उ मेरो नजिक हुन्थ्यो, बावाको याद आउँथ्यो अनि आँखा भरिन्थे र बेस्सरी रुन्थे । सासू ससुरालाई हेर्थे हजुरआमा, हजुरबाबा जस्तो लाग्थ्यो । उस्ले राम्रो बोले पनि म नराम्रो सुन्थे । उ मुस्कुराए पनि किच्च परेको देख्थे । हुन त उ त्यति नराम्रो मान्छे हैन तर मलाई राम्रो लाग्दैनथ्यो ।

 म उस्को बानी भैदिए, प्यास मेटाउने पानी भैदिए । रात भैदिए अनि दिन भैदिए, बिहान भैदिए अनि साझ भैदिए । भैदिए म सबै भैदिए उस्को लागि । हुनुपनि पर्यो किन कि, म उस्को खोरमा थुनीएकी छु । दाम्लोले बाँधिएको एउटा पशु सरह । मानौ म उस्को लागि सराब हुँ, पिई सकेपछी फुत्त फ्याकिने बोतल, एउटा चुरोट हुँ नशा लिई सकेपछी आगनतिर हुत्याउन सक्ने । म भोक हु, खाना खाई सकेपछी थालमा नै हात धुन मिल्ने, म सब थोक हुँ उस्को । उस्को रहरमा, आवस्यकतामा चल्ने मान्छे हुँ म ।

मनले नखाएपछी राम्रो मान्छे पनि नराम्रो देखीदो रहेछ क्यारे । मेरो मन बिथोलिएको थियो । माईती गएपछी फर्केर आउन मन लाग्दैन थियो । तरपनि मनको बाधलाई फुकाएर फर्किन्थे । भतभती पोल्थ्यो छात्ती, तातो ताप्केले डामे जस्तो । विवश अनी लाचार भएर केही साल उ सँग बिताए ।

मनमा चाहना,इच्छा नहुँदा नहुँदै पनि खोइ कसरी छोरो अल्झियो कोखमा । उ कोखमा बसेपछि त झन उसको माया लागेर आयो अनि उसलाई जन्माउनका लागि पनि मैले जीवनलाई जसरी तसरी डोरयाए । न त त्यहाँ माया थियो, न त कुनै भोग, न त कुनै रहर, जन्मियो एउटा संतान । अनि म उसकै स्याहार सुसारमा दिन बिताउन थाले । मेरो श्रीमान भारत आउने–जाने क्रम चलीरह्यो ।जब उ घरमा आउँथ्यो शरिरमा काडा विजेजस्तो हुन्थ्यो । भगवानसंग प्राथना गर्थे । अनि भन्थे, ‘मलाई उसैको दाजोमा पुयाइदेउन किन तलमाथी गर्छौ तराजुले झै ।’ तर भगवानले मेरो प्राथना कहिल्यै सुनेन । त्यसैले होला उनको र मेरो मन कहिल्यै मिलेन ।

छोरा पनि हुर्कीदै गयो । केही सालमा उ पनि रिटायर भएर घर फर्कियो । अब मेरो जीवनमा पुर्णविराम लाग्यो । हिजोको दिनमा उ पाहुँना भएर आउँदाको व्यवहार र घरमुली भएर खम्बा झै खडा हुदाँ उस्को व्यवहार धेरै फरक भयो । मैले चिन्न र बुझ्न नसकेको एउटा छिप्पट अनुहार थियो त्यो । उस्ले राम्रो बोल्दा नराम्रो सुन्ने मान्छे म अब त झन नराम्रो बोलेर व्यवहार गर्दा यस्तो लाग्थ्यो म त आगोको भुँग्रोमाथि हिँडीरहेछु पोलाईको कुनै प्रवाह नगरी । कुन दिन अनि कुन रात छुट्याउनै नसक्ने भए म । तर, उ भन्छ, ‘मलाई तिम्रो बानी परिसक्यो ।’ म उस्को बानी भैदिए, प्यास मेटाउने पानी भैदिए । रात भैदिए अनि दिन भैदिए, बिहान भैदिए अनि साझ भैदिए । भैदिए म सबै भैदिए उस्को लागि । हुनुपनि पर्यो किन कि, म उस्को खोरमा थुनीएकी छु । दाम्लोले बाँधिएको एउटा पशु सरह । मानौ म उस्को लागि सराब हँु, पिई सकेपछी फुत्त फ्याकिने बोतल, एउटा चुरोट हुँ नशा लिई सकेपछी आगनतिर हुत्याउन सक्ने । म भोक हु, खाना खाई सकेपछी थालमा नै हात धुन मिल्ने, म सब थोक हुँ उस्को । उस्को रहरमा, आवस्यकतामा चल्ने मान्छे हुँ म ।

के मैले त्यो बेलामा भेटेको मान्छे, त्यो लाहुरे यही मान्छे हो त ? मान्छेको व्यहार बदलिनलाई कत्ति पनि समय नलाग्दो रहेछ । म अलमल्ल परे त्यो बेला उस्ले मलाई धेरै माया गरेको जताउथ्यो । प्रेम गथ्र्यो, वास्ता गथ्र्यो, तर आज उस्को वदलाव देखेर म अवाक भएको छु ।

एकाएक उ बदलिनुको कारण मैले बुझ्न सकिनँ । बाबू हुर्किदै जादैछ, खै उस्ले के बुझेर हो भन्न थालेको छ ‘ममी तपाईं बाबा संग हैन म संग आएर सुत्नुस्, त्यहाँ नजानुस् । छोराको यस्तो भनाईमा केही अर्थ लुकेको छ जस्तो लाग्थ्यो । म माईती गए भने पछीपछी पुग्छ त्यहा बस्दैन । केही चाहीयो भन्दा ‘जे छ त्यही लगाएर बस् तलाई कहाँ जानू छ र ? तेरो आवस्यक केही छैन ।’ उसले म माथि झन हैकम चलाउँदै जान थाल्यो ।

म आफ्नो र साथी भाईलाई भेट्न सक्दिन थिए । उनीहरुलाई सम्बोधन गरेर बोलाउन सक्दिन थिए । यतिसम्म की मेरो दुःखको कुरा जेठानी–देउरानी नन्द–आमाजुसंग पनि व्यक्त गर्न कठिन हुन्थ्यो, मलाई एउटै घरमा रहेर पनि । उस्को करणले गर्दा प्राय दिनहरु अशान्त हुन थाल्यो । घरको सबै परिवारले उस्को कारण दिक्क मानीसकेका थियो ।

एकदिन उ बाहेक सबैजना घरमा थियौ । यस्तै कुरामा कुरा गर्दा देउरानीले फ्याट् भनिन् ‘दिदी तपाईं विदेश जानू होस्, के यस्तो अत्याचार सहेर बस्नु हुन्छ दिनरात । आफ्नो गति हेर्नूहोस् त कस्तोबाट कस्तो हुनुभयो, हामी भन्दा तपाईं कम उमेरको हो, तर अहिले हेर्दा रङ्गरुप नै छैन यदी तपाईं दाजुसंगै बस्नु भयो भने मर्ने उमेर नभई तपाईं मर्नु हुने छ ।’ हरेकदिन रहरले होइन कहरमा बाँचिरहेकी मलाई देउरानीले झन् डर देखाईन् । त्यति मात्र हैन आमाजु दिदी र जेठानी दिदीले पनि सहमती दिनु भयो, त्यसपछि त म त्यतातिर पनि सोँच्न बाध्य भए ।
पल्लोघरको नन्द अरब जानू भएको थियो । देउरानीलाई सबै कुरा बुझ्न लगाए । राम्रो छ भन्ने सुनेकीले उसैको एजेन्टबाट सबै कुरा बुझ्न पठाँए । ‘अझै जान मिल्छ, इच्छा भए’ भनेपछी मेरो श्रीमान ईन्डिया पेन्सन लिन गएको बेलामा म ससुरालाई लिएर पासपोर्ट बनाई एजेन्टलाई दिए । उस्लाई केही थाहा नदिइ हामीले सबै काम चुपचाप गर्यौ ।

तर, त्यो रात मेरो कालको रात बनेको थियो । विदेश जान सक्दिनँ, यत्तिकै मर्छु जस्तो लाग्यो । सबै सुतेपछि मर्नु न बाच्नु गरि सारा रिस ममाथि पोख्यो उसले । लगाई राखेको बेल्ट खोलेर शरिरमा बजार्दाको पीडा मैले मात्र भोगेकी छु । त्यही निलडाम र पीडा बोकेर सात वर्षको छोरालाई छोडेर म बाटो लागे ।

अब त उस्ले कैदमा राख्नु मात्र हैन जे पायो त्यहीले हिर्काउन थाल्यो । कहिले टाउँकोमा, कहिले हातमा । मनभरी पीडा, कष्ट र शरिरभरी निलाडाम बोकेर हिड्नु पथ्र्यो ।

छोरालाई छोडेर विदेश लाग्ने हिम्मत र आँट ममा अझै आउन सकेको थिएन । तर, पनि उसको व्यवहारले मलाई मुटुको टुक्रा छोरालाई पनि छोड्नै पर्ने भयो । जानु तीन दिन अगाडि उस्ले कसरी हो यी सबैकुरा थाहाँ पाएछ, अनि घरमा बबाल गर्यो । एजेन्टलाई पचास हजार दिई सकेको छ भनेपछी उसले ‘फिर्ता लिनु सट्टा बरु जाँ’ भन्यो । तर, त्यो रात मेरो कालको रात बनेको थियो । विदेश जान सक्दिनँ, यत्तिकै मर्छु जस्तो लाग्यो । सबै सुतेपछि मर्नु न बाच्नु गरि सारा रिस ममाथि पोख्यो उसले । लगाई राखेको बेल्ट खोलेर शरिरमा बजार्दाको पीडा मैले मात्र भोगेकी छु । त्यही निलडाम र पीडा बोकेर सात वर्षको छोरालाई छोडेर म बाटो लागे ।

त्यो निर्दयी पापीको संघारबाट त छुट्कारा पाएँ । तर, मलाई दिनरात छोराको सम्झना र मायाले मुटु पोल्थ्यो । सहन नसक्ने पिडाले म रुन्थे, कराउथे अनि चिच्याउथे । मनभरीका बह चिच्याएर, रोएर अनि आँसुमा बगाएपछि मन सितल हुन्थ्यो अनि विस्तारै सम्हालिन्थे ।

विदेश आएको दुई वर्षपछी म घर फर्किए । त्यो बेला उस्ल अर्कोे बिहे गरीसकेको रहेछ । तर, मलाई कसैले केही भनेन । उस्ले त बिहे गर्यो गर्यो तर मेरो छोरालेसम्म मलाई चिन्न इन्कार गर्यो । उस्ले बिहे गर्दा लाग्यो कि, ती महिलाको किस्मत फुट्यो तर त्यस्तो केही रहेनछ । ती महिला उसँग खुशी रहेछिन् । सायद भगवानले उ संगको मेरो सम्बन्ध त्यतिसम्म मात्र जुराएको रहेछ । उ सँग छुटेपनि खुशी लाग्यो तर, जन्माएको सन्तान आफुबाट छुट्दा भने अत्यन्तै पीडा भयो । जे भए पनि समय र परिस्थितिको नियम जो कोहीलाई पनि स्वीर्कान बाध्य हुनुपर्छ । मलाई पनि त्यस्तै भयो । आफुभन्दा दोब्बर उमेरको मानिसँग विहे गर्नुको नतिजा जीवनभर एक्लो हुनुपर्यो ।

उ संग न त मन मिल्थ्यो, नत भावना मिल्थ्यो, न त बिचार नै मिल्यो । त्यसैले त हामी छुटीनु पर्यो । आखिरमा जीवन यात्रा रहेछ । र त यात्रामा एक्लै पनि रमाउन जाने, जान्नु पनि पर्दो रहेछ । अनि म सिक्दै छु बिस्तारै यात्रासंग एक्लै मितेरी साईनो लाउन । केवल जीवनमा एक्लै जीउन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार