Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

गजल !



सुरेशकुमार पान्डे, दाङ

नेतासँग सही भिजन प्रष्ट बिचार हुनैपर्छ,
कार्यकर्ता देशभक्त अनि बफादार हुनैपर्छ ।

उखान टुक्काले मात्र देश चल्दैन नेताजी,
देश बिकासका लागी त पूर्वाधार हुनैपर्छ ।

संसार भरी तमाशा देखाउंन मदारी बन्यौं,
स्वतन्त्र देशको नेता त सदाबहार हुनैपर्छ ।

जनता देशका नागिरक हौं रैती न सम्झिनु,
नागरिकलाई जवाफ देही सरकार हुनैपर्छ ।

अब आ–आफ्नो मतको सदुपयोग गर्नु है,
सबै नागरिकलाई देश संग प्यार हुनैपर्छ ।

तानाशाह धेरै दिन टिक्न सक्दैन महोदय,
देशका सबै नागरिकले चाहे अनुसार हुनैपर्छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार