back

नेपाल लाइफ र नेपाल क्लियरिङ हाउसबीच भुक्तानी सम्बन्धी सम्झौता

वि.सं.२०७९ मंसिर ३ शनिवार

150 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी अब एनिपएस मार्फत गर्न सकिने भएको छ ।

बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच भएको सम्झौता अनुसार अब नेपाल लाइफको सम्पुर्ण भुक्तानी एनिपएसमार्फत हुने भएको हो ।

सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसिएचएल तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनिपएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिनेछ । जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने कम्पनीले जानकारी दिएको छ ।

वि.सं.२०७९ मंसिर ३ शनिवार ०९:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको...