Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

के इलेक्ट्रीक स्कुटर किन्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा



काठमाडौं । पछिल्लाे समय इलेक्ट्रीक सवारीसाधनप्रति प्रयाेगकर्ताहरूकाे आकर्षण बढ्दाे छ । आकर्षण बढेसँगै नयाँ–नयाँ ब्राण्डका इलेक्ट्रीक सवारीसाधन बजारमा भित्रिएका छन् । यस्तोमा ग्राहक कुन ब्राण्डकाे लिने भन्नेमा अन्योल छन् । नयाँ नयाँ ब्राण्डका साधन भित्रिँदा प्रयाेगकर्ता भने ब्राण्ड हेर्ने तर, सवारी साधनका कम्पाेनेन्टबारे अज्ञान छन् । जसकारण उनीहरू निकै ठगीमा पनि परेका छन् ।

दुई पाङ्ग्रेकाे कुरा गर्दा हाल नेपालमा तीन दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक सवारीसाधन विक्री वितरण भइरहेका छन् । नेपाली बजारमा विशेषतः चीन र भारतबाट सवारी साधन भित्रिएका छन् । ग्राहक कुन देशका र कुन ब्राण्डका सवारी साधन लिने अन्याेलमा छन् ।

यहाँ इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधन खरिद गर्दै कस्ताे र कुन किन्ने भन्ने विषयमा चर्चा गरिएकाे छ ।

के–के कुरामा ध्यान दिने ?

इलेक्ट्रीक स्कुटरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको आइसी इन्जिनमा जस्तो धेरै कम्पोनेन्टहरु नहुने हुँदा सामान्य तथा मोटर, ब्याट्री र ब्याट्री मेनेजमेन्ट सिस्टमको बारेमा ध्यान दिन जरुरी हुन्छ ।

हिमाल, पहाड र तपाईको मिश्रण रहेको हाम्रो भूगोलमा इलेक्ट्रीक सवारीसाधन खरिद गर्नु पूर्व यसको मोटर पावरको विषयमा बुझ्न जरुरी हुन्छ । काठमाडौंकै सडकमा पनि केही स्थान सानो मोटर भएका इलेक्ट्रीक स्कुटरहरु चढ्न सक्दैनन् ।

ग्राहकले आफुले प्रयोग गर्ने सडकको अवस्था अनुसार मोटर पावर बुझेर स्कुटर किन्नु पर्ने हुन्छ । सामान्यतया काठमाडौं सडकमा चलाउन पनि २.५ किलोवाट क्षमताको रेटेड पावर भएको स्कुटर किन्नु पर्ने हुन्छ । हाल बजारमा १ किलोवाट क्षमतादेखिका स्कुटहरु उपलब्ध रहेका छन् ।

इलेक्ट्रीक स्कुटर खरिदगर्दा अर्को ध्यान दिनु पर्ने भनेको नै ब्याट्रीमा हो । पुरा स्कुटरको मूल्यको आधा मूल्य ब्याट्रीलाई नै पर्ने हुन्छ । यसका साथै ब्याट्रीको क्षमता अनुसार स्कुटरले रेन्ज दिन्छ । इलेक्ट्रीक स्कुटर खासगरी सहरी क्षेत्रमा प्रयोग हुने भएका कारण १०० किलोमिटर रेन्ज राम्रो मानिन्छ ।

त्यसैले स्कुटर किन्नुअघि आफ्नो दैनिक यात्रा हिसाव गर्नु पर्छ । ब्याट्री हेर्दा यसको भोल्ट र एम्पीयरमा ध्यान दिनु पर्ने हुन्छ । ब्याट्रीको चार्जिङ लाइफ, निकालेर चार्ज गर्न मिल्छ वा मिल्दैन जस्ता विषय बुझ्नु पर्छ । स्कुटरमा हुने ब्याट्रीको चार्जिङ लाइफ ब्याट्रीको प्रकार अनुसार ८०० साइकलदेखि २००० साइकलसम्मका पाइन्छन् ।

त्यस्तै इलेक्ट्रीक स्कुटर खरिद गर्दा यसको स्पीडको बारेमा ध्यान दिनु पर्ने हुन्छ । इलेक्ट्रीक स्कुटरमा ज्यादै कम स्पीड तथा धेरै स्पीड पनि राम्रो मानिदैन । समान्यतया स्कुटर ५० देखि ८० किलोमिटर प्रतिघन्टाको स्पीड भएको स्कुटर किन्नु उपयुक्त हुन्छ ।

यसका अलावा स्कुटर आयातकर्ता कम्पनीसँग उक्त स्कुटरसँग सम्बन्धित पार्टस तथा सर्भिसको उपलब्धता के कस्तो छ भनेर बुझ्नु आवस्यक हुन्छ । विगतमा नेपाली बजारमा विभिन्न कम्पनीहरुले इलेक्ट्रीक स्कुटर विक्री गरेर विक्रीपछिको सेवामा ध्यान नदिएको हामीले देखेका छौं ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार