Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

इण्डोनेशियामा ५.६ रेक्टरको भूकम्प जाँदा छयालिस जनाको मृत्यु



जकार्ता । इण्डोनेशियाको मुख्य टापु जाभामा ५.६ म्याग्निच्युडको भूकम्प हुँदा छयालिस जनाको मृत्यु भएको छ भने सात सय जना घाइते भएका छन् । भैँचालाले दर्जनौँ भवन भत्काएको छ भने सुरक्षा अधिकारीहरूले प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षाका निम्ति सडकमा पठाएका छन् ।

भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् । सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका छन् ।

सम्बन्धित निकाय राहत तथा उद्धारका साथै क्षति विवरण सङ्कलन गरिरहेकाले हताहती र क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन । बृहत् जकार्तालगायत भूकम्पको धक्का महसुस गरिएका स्थानका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी विदी प्रिमधानीले बताइन् । भूकम्पको धक्का निकै शाक्तिशाली थियो । आफ्नो कार्यालय रहेको नवाँै तलाबाट आफू आपत्कालीन भ¥याङबाट सुरक्षित स्थानमा गएको उनले बताइन् । (रासस/एपी)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।