Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

यी हुन् वैदेशिक रोजगार बीमालेख जारी गर्ने ११ जीवन बीमा कम्पनी



काठमाडौ । सञ्चालनमा रहेका ११ जीवन बीमा कम्पनीहरुले मात्रै वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् ।

बीमा प्राधिकरणले ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलिदिए पनि ८ कम्पनी इच्छुक नदेखिएका हुन् । बीमा समितिले म्यादी जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै पुल प्रणाली लागू गर्न निर्देशन दिएको थियो ।

जीवन बीमा व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरूबाट प्राप्त कार्यविधि बोजिम वैदेशिक रोजगार म्यादी जीवन बीमालाई व्यवस्थित रूपमा संचालन गर्नका लागि पुल प्रणाली लागू भएको थियो । सोही व्यवस्था बमोजिम कम्पनीहरूको सहमतिअनुसार पुल प्रणालीमार्फत् बीमालेख जारी हुँदै आएको थियो । बीमा कम्पनीहरूले २०७५ माघ १ गतेदेखि पुलमार्फत् बैदेशिक रोजगार म्यादी जीवन बीमा जारी गर्दै आएका थिए । तर, बीमा समितिले यही साउन १ गतेदेखि लागू हुने गरी ‘वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि’ खारेज गर्ने निर्णय गरेको थियो ।

समितिको उक्त निर्णयबमोजिम साउन महिनादेखि सबै बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गर्न सक्नेछन् । सबै कम्पनीहरुले उक्त बीमालेख जारी गर्न सक्ने भएपनि ११ वटा कम्पनीले मात्रै बीमालेख जारी गरेको बीमा समितिले जनाएको छ । चालु आवको असोज मसान्तसम्मा ११ वटा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख जारी गरी कुल ८२ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन् ।

प्राधिकरणकाअनुसार असोज मसान्तसम्ममा कुल सक्रिय रहेको बीमालेखको संख्या ११ लाख ६८ हजार २७३ वटा रहेको छ । यस अवधिमा बीमलेख जारी गरेका ११ कम्पनीहरुमध्ये सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३८ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ । असोज मसान्तसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या ६ लाख ९ हजार ७४८ वटा छन् ।

सन् नेपाल लाइफ पछि सूर्या लाइफ यस बीमालेख जारी गरी १४ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिसम्मा कम्पनीमा सक्रिय बीमालेखको संख्या १ लाख २८ हजार २८५ रहेको छ ।

यस्तै, ज्योति लाइफले ९ करोड ८५ लाख, सानिमा लाइफले ६ करोड ९ लाख रुपैयाँ, सिटिजन लाइफले ५ करोड ७५ लाख रुपैयाँ, आइएमई लाइफले ३ करोड २७ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३३ लाख रुपैयाँ संकलन गरेका छन् ।

यस्तै, प्रभु लाइफले ६ लाख रुपैयाँ र नेशनल लाइफले २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमा अनिवार्य बीमा हो । कानूनमा पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम बैदेशिक रोजगारीमा जाने नेपालीहरुको अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार