back
CTIZAN AD

सिन्धुलीले आफ्नो पहिचान स्थापित गरेको छ – नेता गजुरेल

वि.सं.२०७३ चैत २० आइतवार

807 

shares

२० चैत, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले राजनीतिक र भौगोलिकरुपमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सिन्धुलीले गौरव र पहिचान स्थापित गरेको बताउनुभएको छ ।

पार्टीको सिन्धुली–उपत्यका सङ्घीय सम्पर्क मञ्चको शनिबार यहाँ भएको सम्मेलनमा उहाँले सिन्धुलीवासीले आगामी निर्वाचनमा राजनीतिक परिवर्तनको कार्यसूची, त्याग, तपस्या र बलिदानीका आधारमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेता गजुरेलले भन्नुभयो – “हिजो सरकार गठन हुँदै गर्दा प्रतिपक्षले लगाएका सबै आरोप खारेज हुँदैगएका छन्, पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारले मुलुकभर बिजुलीले झिलीमिली बनाएको छ, यो अवस्थामा हुँदै गरेको निर्वाचनमा पार्टीभित्र पनि विगतका दुवै निर्वाचनको समीक्षा गरेर अघि बढ्न आवश्यक छ ।”

पार्टीका पोलिटब्युरो सदस्य महेश्वर दाहालले अग्रगामी, परिवर्तनकारी शक्ति एकाकार भएर निर्वाचनमा जाने वातावरण बनाउनु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।

सम्पर्क मञ्चका अध्यक्ष गोपी माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका सिन्धुली जिल्ला प्रमुख राजन दाहालले स्थानीय तहको निर्वाचन हुनु भनेको पार्टीको एजेन्डा आफैँमा विजयी हुनु हो भन्दै यो निर्वाचनलाई लडाइँको मोर्चाका रुपमा हेरिएको छ भन्नुभयो ।

वि.सं.२०७३ चैत २० आइतवार ०३:१४ मा प्रकाशित

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...

 के एआईले जागिर खाइदिन्छ ?

 के एआईले जागिर खाइदिन्छ ?

काठमाडौँ  । काकरभिट्टादेखि क्यालिफोर्नियासम्म एउटै प्रश्न छ के आर्टिफिशल इन्टेलिजन्स...