Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

मोरङ ६ मा डा शेखर कोइरालाको अग्रता कायमै



मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याएका छन् ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याएका छन् । उनीहरुले चार हजार छ सय ६९ मतगणना गर्दा उक्त मत प्राप्त गरेका हुन् ।

यस्तै क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी)ले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत प्राप्त गर्नु भएको छ ।

उनीहरुले १२ हजार तीन सय ८२ मतगणना गर्दा उक्त मत प्राप्त गरेका सूचना अधिकारी बुढाथोकीले बताए ।

यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याउनु भएको छ । उनीहरुले मतगणना भएको १५ हजार आठ सय १३ मा उक्त मत प्राप्त गरेका हुन् ।

मोरङ ४ मा अग्रता

मोरङ ४ को प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले पाँच हजार सात सय ९२ मत ल्याएका छन् ।

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले सार्वजनिक गरेको मत परिणामअनुसार एमालेका विनोदप्रसाद ढकालले चार हजार एक सय ४९ र राप्रपाका रबी रिजालले तीन सय २६ मत प्राप्त गरेका छन् । उनीहरुले मतगणना भएको ११ हजार चार सय ७९ मा सो मत प्राप्त गरेका हुन् ।

यसैगरी क्षेत्र नं ४(क) प्रदेश सभातर्फ सत्ता गठबन्धनतर्फबाट कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६, एमालेका जयप्रकाश चौधरीले तीन हजार चार सय सात र राप्रपाका आशनारायण माझी थारुले छ सय ९९ मत ल्याएका छन् । नौ हजार एक सय १७ मतगणना सम्पन्न भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार