Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

के मेस्सीको अन्तिम सपना पूरा होला त ?



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह सी मा रहेको अर्जेन्टिनाले मंगलबार साउदी अरेबियासँग पहिलो खेल खेल्दैछ ।

लिओनल मेसीका लागि कतारमा जारी फिफा विश्वकप अन्तिम अवसर हुनसक्छ । उनले यसलाई स्वीकार पनि गरेका छन् । उनी आफ्ना लागि विश्वकप जित्ने यो अन्तिम मौका रहेको बताउँदै आएका छन् ।

सात पटकका फिफा बालन डि’अर विजेता मेसी मंगलबार साउदी अरेबियाविरुद्ध मैदान उत्रिएसँगै पाँचौ विश्वकप खेल्नेछन् ।

सन् २००६ को जर्मनी विश्वकपमा डेब्यू गरेका मेसीले क्लबस्तरका सबै उपाधि र ट्रफी जितेका छन् भने देशबाट मूख्य उपाधि भने गत वर्ष मात्र जिते । सन् २०२१ को कोपा जितेपछि मेस्सीलाई आफ्नो खेल जीवनमा उपाधिबिहीन भने हुन परेन ।

सन् २०१४ को विश्वकपको उपाधि जित्ने अवसर मेसीलाई आएको थियो। ब्राजिलमा भएको सो विश्वकपमा गोल्डेन बल जितेका मेसीको टिम अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भयो ।

३५ वर्षीय मेसीको प्रेरणमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकपको ट्रफी उचाल्न चाहान्छन् । त्यतिबेला म्याराडोनाको प्रेरणा पाएको अर्जेन्टिनालाई अहिले मेसीमाथि विश्वास छ । मंगलबार साउदी अरेबियाविरुद्ध आफ्नो पहिलो खेल खेलेपछि अर्जेन्टिनाले समूह ’सी’ मा मेक्सिको र पोल्याण्डसँग खेल्नेछ ।

यो सिजन पिएसजीका लागि २० खेलमा १२ गोल गरिसकेका मेसीले विश्वकपबारे भनेका छन्, ‘यो सायद मेरो अन्तिम विश्वकप हो, मेरो यो ठूलो सपना पूरा गर्ने अन्तिम मौका हो। यो सुन्दर कुरा हो कि अर्जेन्टिना बाहिरका धेरै मानिसहरूले हामी च्याम्पियन बनोस् भन्ने चाहन्छन् र यो धेरै हदसम्म मेरो कारण हो । म मेरो करिअरमा संसारभरबाट पाएको मायाको लागि आभारी छु ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार