Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडाैं। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१०.९९ रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ३९ करोड ४१ लाख १५ हजार १०१.३२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ९ प्रतिशतले हुन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५.९९ रुपैयाँबराबरको नगद लाभांश र ३ प्रतिशतले हुन आउने ९ करोड ८५ लाख २८ हजार ७७५.३३ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

सम्बन्धित समाचार

१० वाणिज्य बैंककाे लाभांश घोषणा, कुनकाे कति ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार