Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

उदयपुर–२ बाट एमालेका अम्बर बहादुर रायमाझी विजयी



काठमाडौं । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बर बहादुर रायमाझी विजयी भएका छन् ।

रायमाझीले आफ्ना प्रतिश्पर्धी गठबन्धनका साझा उम्मेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर विजयी हुँदा खतिवडाले १२ हजार ८९३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार रहेका रामकुमा राई १० हजार ३७९ मत ल्याएर तेस्रो बनेका छन् । ४ गाउँपालिका र १ नगरपालिका रहेको उदयपुर २ बाट रायमाझी पहिलोपटक संघीय संसदमा निर्वाचित भएका हुन् ।

रायमाझीको जितसँगै एमालेले हालसम्म तीन निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेको छ । यसअघि काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर पोखरेललाई पराजित गर्दै कृष्ण गोपाल श्रेष्ठ विजयी भएका थिए भने ललितपुरबाट प्रेम बहादुर मर्हजनले हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदीन शाक्यलाई पराजित गर्दै विजयी भएका थिए । एमालेले हालसम्म तीन जितसँगै ४४ स्थानमा अग्रता कायम गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार