Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकी द भ्वाइसमा शीर्ष १० स्थानमा पुगिन् परिजिता



विजय थापा । शीर्ष १३ औ स्थान भित्र पुगेकी द भ्वाइसकी सशक्त प्रतियोगी पारिजिता बाँस्तोलाले गत सोमबार नोभेम्बर २१ का दिन दमदार प्रस्तुति गरे पछि उनि अगाडी बढ्दै शीर्ष १० स्थान भित्र पुग्न सफल भएकी छन् ।

उनलाई नोभेम्बर २२ मंगलबारका दिन १० मा पर्ने प्रतियोगीहरुको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी छिन ।

आज भएको घोषणामा ३ जना बाहिरिएका छन् । गत सोमबार पारिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन् ।

अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता बाँस्तोला १३ प्रतिस्प्रधीहरुमा उन्को प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो । गत सोमबार सबै प्रस्तुतीहरु अद्धितिय रहेका थिए ।

एकपछि अर्को चरणमा झन् झन अद्वितीय प्रस्तुति दिदै आएकी परिजितालाई बिश्वभरि छरिएर रहेका नेपाली तथा बिदेशीहरुले मत दिएको कारण उनि १० औ स्थान भित्र पर्न गरेकी छिन् । गत सोमबार भर्जिनियाको स्यानटिली शहरमा उनलाई हौसला साथ र मतदान गर्न नेपाली समुदायहरु भेला भएका थिए ।

उनले हिजोको प्रस्तुतिमा कालो फरिया(साडी)लगाएर प्रस्तुति गरेकी थिइन् भने अहिलेसम्म सबै प्रस्तुतिमा उनले नेपाली वस्त्रहरु मात्र लगाएर प्रस्तुति गर्दै आएकी छिन् ।

मतदान नोभेम्बर २२ तारिख बिहान ७ बजे अमेरिकी पूर्विय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । उनि द भ्वाईसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार