Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

विश्वकपमा आज चार खेल हुदैँ, यी हुन आजका प्रतिस्पर्धीहरु…



काठमाडौँ । फिफा विश्वकप २०२२ को चौथो दिन आज चार खेल हुँदैछन । कतार विश्वकपमा बुधबार समूह ‘ई’ मा दुई र समूह ‘एफ’ मा दुई खेल गरि चार खेल हुने भएका छन् ।

पहिलो खेलमा मोरक्को र क्रोएसियाबीच आमने सामने हुँदैछ । समूह ’एफ’ को यो खेल नेपाली समयअनुसार दिउँस ३ः४५ बजे सुरु हुनेछ ।

त्यसैगरि दोस्रो खेल समूह ’ई’ को खेलमा जर्मनी र जापानबीच भिड्न्ता हुँदैछ । यो खेल साँझ ६ः४५ देखि सुरु हुनेछ । गत संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा रहेको देखिन्छ । त्यसैगरि जापन पनि आफ्नो जित हात पार्ने योजनमा छ ।

यस्तै समूह ’ई’ को खेलमा स्पेन र कोस्टारिका राति ९ः४५ बजे भिड्ने भएका छन् । आजको अन्तिम खेलमा समूह ’एफ’ मा बेल्जियम र क्यानडाबीच मध्यरात १२ः४५ बजे भिडन्त हुनेछ । बेल्जियम गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार