Logo
११ मंसिर २०७९, आईतवार
     Sun Nov 27 2022
E-paper
  English Edition
   Unicode
Logo

सप्तरी -२ बाट दोब्बर मतसहित विजयी भए सिके राउत



काठमाडौं । सप्तरी क्षेत्र नं २ बाट दोब्बर मतसहित जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् ।

राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै भारी मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा यादवले १६ हजार ९७९ मत मात्र प्राप्त गरेका थिए । राउतले १८ हजार ६३ मतान्तरले यादवलाई हराएका हुन् ।

त्यसैगरी प्रदेशसभातर्फ पनि जनमत पार्टीले नै जित हासिल गरेको छ । सप्तरी २(१) मा शतिसकुमार सिंह र सप्तरी २(२) मा महेश यादव निर्वाचित भएका छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको

काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।