Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

चारपटकको विश्वविजेता जर्मनीसँग भिड्दै जापान



काठमाडौँ । कतारमा भईरहेको विश्वकपमा आज जर्मनी र जापान जापनबिच भिड्न्त हुदैँ . चार पटक विश्व विजेता जर्मनीले आज पौने सात बजे जापानसँग भिड्दै विश्वकप २०२२ को सुरुवात गर्दै छ ।

खालिफ स्टेडियममा जर्मनीले जापानलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ ।

जर्मनीले १९५०, १९७४, १९९० र २०१४ को विश्वकपको उपाधि उचालिसकेको छ । जर्मनी कतार विश्वकप हात पार्ने होडमा लागिपरेको छ ।

त्यसैगरि १९९८ बाट विश्वकपमा सहभागिता जनाउन सुरु गरेको जापान अहिलेसम्म अन्तिम १६ बाट अघि बढ्न सकेको छैन ।

थोमस मुलरको कप्तानीमा रहेको जर्मन टोली लेरोय साने, जोशुआ किमिच, टिमो वेर्नर, एन्टोनियो रुडिगर र म्यानुअल न्युअर जस्ता स्टार खेलाडिहरु रहेको छन् ।

त्यसैगरि जापानी टोलीको नेतृत्व तामुकी मिनामिनोले गर्नेछन् । लिग १ मा मोनामोका लागि खेल्ने मिनामिनोले राष्ट्रिय टोलीका लागि ४३ खेलमा १७ गोल गरेका छन् । मिनामिनोले विश्वकपको छनोट चरणमा १० गोल गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार