Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

ललितपुर–३ मा रास्वपाकी तोषिमा कार्की भारी मतसहित विजयी



ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोषिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदयस्यमा निर्वाचित भएकी छन् ।

कार्कीले ३१ हजार १३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत सहित पराजित बनेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रकी नेतृ तथा उर्जामन्त्री पम्फा भुसालले ८ हजार ७६९ मत प्राप्त गरेर तेस्रो स्थान बनाएकी छन् । भुसालले २०७४ को निर्वाचनमा सोहि क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

मत गणना सम्पन्न भइसकेको र अनौपचारिक रुपमा कार्की विजयी भइसकेकी छन् । यद्यपी निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

ललितपुर ३ मा तोषिमाको जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म काठमाडौंका ३, ६,७ र ८ गरी ४ क्षेत्रमा जित हासिल गरिसकेको छ भने ४ ठाउँमा अग्रता कायम गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार