Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

कुमारी र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता, पुष देखि एकिकृत कारोबार



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जानका लागि अन्तिम सम्झौता भएको छ ।
दुबै बैंकबीच बुधबार कुमारी बैंकको केन्द्रीय कार्यालय टंगालमा मर्जरमा जानका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

दुबै बैंकका संचालक समितिहरुले १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने गरी अन्तिम सम्झौता गरेका हुन् । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो ।

डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको हो । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् ।

एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते प्रारम्भिक मर्जर सम्झौता भएको थियो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । दुबै बैंकबीच एकीकृत कारोबार पुस १७ गतेभित्र गर्ने तयारी रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार