Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

विश्वकपमा आज चार खेल हुदैँ,यी हुन आजका बलिए टोलीहरू…



काठमाडौँ । कतारमा चलिरहेको फिफिा विश्वकपमा आज चार खेल हुदै छ । आजको खेलमा समूह जि बाट २ खेल र समूह एच बाट २ खेल गरि आज चार खेल हुने भएको छ । आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् ।

आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।

त्यसैगरि आजको तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड छोडेका रोनाल्डोलाई आजको खेलमा सहज जित निकाल्दै सुखद सुरुवात गर्ने मौका रहेको पाइन्छ ।

बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ’जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

त्यसैगरि हिजोको चार खेलमा मोरक्को र क्रोएसिया बिचको खेलमा दूवै राष्ट्रले बराबरी गोल गरेका छन् भने समूह एफमा रहेका  खेलमा जापानले जर्मनीलाई २–१ काे गोल अन्तरले हराएको छ ।

त्यसैगरि स्पेनले कोस्टारिकालाइ ७–० काे अन्तरले हराएर स्पेनले विश्वकपको सुखद यात्रा सुरु गरेको पाइन्छ भने बेल्जियमले क्यानडालाई १–० काे अन्तरले हराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार