Logo
१८ मंसिर २०७९, आईतवार
     Sun Dec 4 2022
E-paper
  English Edition
   Unicode
Logo

एमाले र माओवादीका महासचिवले हारे चुनाव



काठमाडौं। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) महासचिवहरुले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका महासचिव देव गुरुङले चुनाव हारेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट उम्मेदवार बनेका पोखरेल माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजय भए । शर्माले १९७ मतान्तरले उनलाई हराएकी छिन् । शर्माले २६ हजार ८७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६८० मत ल्याएका थिए ।

यसैगरी माओवादी केन्द्रका महासचिव गुरुङ पनि लमजुङ १ बाट पराजित भएका छन् । उनलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले हराएका छन् ।

पृथ्वी सुब्बाले ३४ हजार ९६९ मत ल्याएर चुनाव जित्दा देव गुरुङले ३१ हजार ७८१ मात्रै मत पाएका थिए । दुईबीचको मतान्तर तीन हजार १८८ को छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संविधान जारी पछि भएको पहिलो निर्वाचनपश्चात धेरै नेपालीले राजनीति स्थिरतासहित समृद्धिको यात्रामा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको

काठमाडौं । सत्तागठबन्धनको प्रमुख माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै विकल्प खुला राख्ने निर्णय

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार